१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । पूर्व सचिव भीम उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर क्राइमसम्बन्धी मुद्दामा उजुरी दर्ता भएको छ। चितवनकी एक महिलाको तस्विर सामाजिक सञ्जालमा पोष्ट गरी गलत भ्रम फैलाइएको भन्दै बिहीबार उजुरी दर्ता भएको हो।

Advertisement

भरतपुर महानगरपालिका १६ की पूर्णीमाया गुरुङले उपाध्यायविरुद्ध उजुरी दिएकी हुन्। उनले उपाध्यायले आफ्नो दुई वर्षअघि माइती गाउँको भिडिओबाट स्क्रिन सर्ट लिएर ‘गोरु खाने धराने’ भन्दै पूर्णीमायाको फोटो फेसबुकमा हालेका थिए। उनका अनुसार दुई वर्षअघि तनहुँस्थित माइतीमा पुगेका बेला राँगाको मासु खाएको भिडिओ टिकटकमा हालिएको थियो।

तर रमाइलोका लागि हालेको उक्त भिडिओबाट फोटो काटेर अहिले धरानको गोरु खानेहरुसँग जोडेर आफ्नो बदनाम गरिएको उनले बताएकी छन्। उनले गोरुको मासु खाने धरानेहरुसँग आफ्नो कुनै सम्पर्क नरहेको पनि बताएकी छन्।

‘२०२२ फेब्रुअरी २१ तारिखमा माइती गाउँमा भात खुवाई कार्यक्रम थियो ।’ उनले भनेकी छन्, ‘राँगाको हड्डी भाइले ठूलो ल्याइदिएको थियो। दुई वर्षअघि मैले रमाइलोका लागि उक्त भिडिओटिकटकमा हालेको थिएँ। अहिले त्यही भिडिओको स्क्रिन सर्ट लिएर मेरो बदनाम गरियो। मैलै आजसम्म गोरुको मासु खाएको छैन।’

उपाध्यायसहितले आफ्नो मानहानी गरेको भन्दै उनले कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरेकी छन्। आफ्नो छोराले आमाको फोटोको दुरुपयोग गरिएको भन्दै हटाउन आग्रह गर्दा पनि नमानेको गुनासो पनि गरेकी छन्।

प्रतिकृया दिनुहोस्

Flash News

वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट केपी ओली कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा, विहिबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा प्रधानमन्त्री प्रचण्ड आज यूएई जाने अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ