१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

गुल्मी । एनएमबि बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न एनएमबि बैंक तम्घास शाखाले वित्तीय साक्षरता कार्यक्रम सप्पन्न गरेको छ । रेसुङ्गा नगरपालिकामा अवस्थित सिद्धबाबा माध्यमिक विद्यालयमा प्लस टु ब्यवस्थापन विषय अध्यनरत विद्यार्थीहरुलाइ वित्तीय साक्षरता प्रदान गरेको हो ।

Advertisement

बैंकले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर अगस्ट महिनाभरी देशभर कलेज लेभलका विद्यार्थीहरुलाइ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । बैंकका तम्घास शाखा प्रबन्धक प्रविन अधिकारीले वित्तीय साक्षरता सम्बन्धि कार्यक्रमको सहजीकरण गरेका थिए । शाखा प्रबन्धक अधिकारीले युवा उद्दमशिलता, पैसाको बचत, लगानी, परिचालन , आयआर्जनका वैकल्पिक अवसरहरु बारे प्रशिक्षित गरेका थिए ।

त्यस्तै उनले बैंकको महत्त्व, दैनिक जीवनमा बैंकको प्रयोग, डिजिटल बैकिङ्ग, बैंकिङ्ग फ्रड र फ्रडबाट सुरक्षित रहने उपायहरु , एनएमबि यूवा बचत खाता, संसारभरबाट एनएमबि बैंकमा खोलिने भिडियो कल खाता, लुम्बिनी बचत खाता बारे जानकारी दिएका थिए । प्रबन्धक अधिकारीले शेयरकारोबार सम्बन्धि ज्ञान, सिस्टोमेटिक इन्भेस्टमेन्ट प्लान(एसआइपि) तथा एनएमबि बैंकले प्रदान गर्ने अन्य बैकिङ्ग सेवा सुबिधाको बारे अभिमुखिकरण प्रदान गरेको थिए ।

कार्यक्रममा विद्यालयका प्राचार्य डोरबिक्रम श्रीसले एनएमबि बैंकले प्लस टु लेभल ब्यवस्थापन तहमा अध्यनरत विद्यार्थी भाइबहिनीहरुलाइ वित्तीय साक्षरता जस्तो महत्त्वपूर्ण कार्यक्रम समय, सापेक्ष र र ब्यवहारिक ज्ञान दिएको बताएका थिए। साथै सो कार्यक्रममा प्रधानाध्यापक श्रीसले मायाको चिनो समेत प्रदान गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट केपी ओली कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा, विहिबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा