११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

बारा । बाराको जितपुर सिमरा–१६ टांगियाबस्तीमा स्थानीय र प्रहरीबीच भिडन्त भएको छ । ईलाका प्रहरी कार्यालय निजगढबाट आज बिहान ६ बजे हतियार रहेको आंशकामा छापामारी पक्राउ गरेका ३५ वर्षका सागर लामालाई प्रहरी कार्यालयतर्फ लैजान नदिन दोहोरो भिडन्त भएको हो ।

Advertisement

करिब तीन सयको संख्यामा आएका स्थानीयले १५ जनाको सख्यामा रहेका प्रहरीटोली माथि ढुङगा मुढा गरी हतियार सहित पक्राउ परेका लामालाई हतकडी सहित भगाउन सफल भएका छन् । दोहोरो भिडन्तमा प्रहरीतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक कलम बहादुर शाही र प्रहरी सहायक निरीक्षक बालराज गिरी घाइते भएका छन् । शाहीको बाँया हातमा चोट लागेर घाईते बनेका छन भने गिरीको बाँया कुम्भ र बाँया हातमा चोट लागेर घाईते भएका हुन् ।

स्थानीय प्रहरीविरुद्ध खनिएपछि प्रहरीले पाँच राउण्ड हवाई फायर समेत गरेको छ । ठुला हतियार रहेको गोप्य सुचनाको आधारमा निजको घरमा छापा मार्नको लागि प्रहरी निरिक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा १५ जनाको टोली लामाको घरमा बिहानै पुगेको थियो ।

छापामारी पछि लोड भएको भरुवा बन्दुक सहित पक्राउ परेका लामालाई वडा सदस्यको रोहबरमा मुजुल्का बनाएर लैजाने क्रममा जङल छेउ बाटोमा दोहोरो भिडन्त भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले बताउनु भएको छ ।

उक्त स्थान प्रहरीले लोड गरेको भरुवा बन्दुक एक थान, बन्दुकको गोली २ वटा, बाघको दाँत जस्तो देखिने २ वटा, रौं १३ वटा र नङ्ग्रा ३ वटा बरामद गरेको बोगटीले बताउनु भएको छ । लामा बन्यजन्तुको शिकारीमा संलग्न रहेको जनाउदै खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

कलाकारहरूको टोलीसहित जनचेतनाका लागि वेस्टर्न युनियनको देश दौडाहा, बुटवलमा पनि आउने सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा