ताजा अपडेट »

मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक बलात्कारको आरोपमा पक्राउ

शुक्रबार, १२ साउन २०८०, १२ : ५४
12 Shares
शुक्रबार, १२ साउन २०८०
12 Shares

काठमाडौँ । मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल बलात्कारको आरोपमा पक्राउ परेका छन्। निर्देशक पोखरेललाई शुक्रबार बिहान काठमाडौंको त्रिपुरेश्वरबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक अनिल अधिकारीले बताए। जबरजस्ती करणीको आरोपमा उनलाई पक्राउ गरिएको अधिकारीले बताए।

बलात्कारको आरोप लागेपछि निर्देशक पोखरेल केही दिनदेखि सम्पर्कविहीन थिए। उनी केही दिनदेखि मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयमा पनि उपस्थित थिएनन्।उनले बलात्कार गरेको भन्दै एक युवतीले टिकटक मार्फत सार्वजनिक गरेकी थिइन्। त्यसैलाई आधार बनाएर प्रहरीले पोखरेललाई पक्राउ गरेको जनाएको छ।उनलाई हिरासतमा लिएर अनुसन्धान शुरू गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।