ताजा अपडेट »

सहकारी पीडित र सरकार बीच ७ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

विहीबार, १८ साउन २०८०, १७ : ४८
89 Shares

बुटवल । सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समिति र सरकार बीच ७ बुँदे सम्झौता भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा मन्त्री रञ्जिता श्रेष्ठ चौधरीको रोहबरमा दुई पक्षबीच सम्झौता भएको हो ।

सम्झौतासँगै सहकारी पीडितहरूको माइतीघर–बानेश्वर केन्द्रित आन्दोलन आजैबाट स्थगित भएको छ । सम्झौतामा सहकारी क्षेत्रको सुधारका लागि सुझाव दिन गठित कार्यदलमा अनसन÷धर्नामा रहेका बचतकर्ताबाट ३ जनालाई आमन्त्रित सदस्यको रूपमा समावेश गर्ने, बचतकर्ताको रकम फिर्तालाई सुरक्षा प्रदान गर्न तत्काल बचत तथा कर्जा सुरक्षण कोष स्थापनाका लागि मन्त्रालयले तत्काल कार्य प्रक्रिया अघि बढाउने उल्लेख छ ।

त्यस्तै कर्जा प्रक्रियालाई छोटो छरितो र प्रवभाकारी बनाउने, ओरेन्टललगायत समस्याग्रस्त घोषित सहकारी संस्थाको तर्फबाट बचतकर्तालाई रकम फिर्ता गर्दा स्पष्ट कार्ययोजना बनाइ मन्त्रालयले समन्वय गर्नेलगायतका निर्णय भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।