८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

भैरहवा । कपिलवस्तुको बालाजी सिमेन्ट इण्डस्ट्रिज प्रालिले आफ्ना उत्पाद्न भारत निर्यात सुरु गरेको छ । बालाजी सिमेन्ट इण्डस्ट्रिजबाट उत्पादित बहुबलि तथा श्रृष्टी ब्राण्डका पिपिसि सिमेन्टलाई भारत सरकार गुणस्तर बिभागद्वारा ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स ९बिआईएस०प्रदान गरे संगै भारत निर्यात सुरु गरिएको उध्योगका संस्थापक ऋषिकेश अग्रवालले बताए ।

Advertisement

पहिलो चरणमा भारत उत्तरप्रदेश राज्यको सिद्धार्थनगर जिल्ला स्थित क्लासिक इन्टरप्राईजेज डिलरलाई सोमबार ४२ टन सिमेन्ट निर्यात सुरु गरेको अग्रवालले बताए । कपिलबस्तुको कृष्णनगर नाका हुँदै सिमेन्ट निर्यात हुन लागेको हो । भारत सरकारको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स ९बिआईएस०ले बालाजी सिमेन्टको उत्पादनलाई गुणस्तर सम्बन्धी इन्डियन स्ट्यान्डर्ड्स इन्स्टिच्युट (आइएसआई) मार्क दिएलगत्तै बालाजी सिमेन्टका उत्पादन बहुबली र श्रृष्टीकोको भारततर्फ निर्यात अघि बढेको हो । कपिलबस्तु जिल्लाबाट भारतमा सिमेन्ट निर्यात पहिलो पटक भएको उनको भनाइ थियो । विस्तारै निर्यात परिमाण बढाउँदै जाने उद्योग व्यवस्थापनको लक्ष्य रहेको अग्रवालले बताए ।

भारतमा आईएसआई चिन्ह नलागेका सिमेन्ट आयात गर्न नपाइने व्यवस्था छ । नेपालबाट पनि एनएस मार्क नभएका सिमेन्ट निर्यात गर्न पाइँदैन । उध्योगले यसै महिना आईएसआई चिन्ह पाएपछि सिमेन्ट निर्यात सुरु गरेका हो । सरकारले सिमेन्ट, छडलगायत ३० भन्दा बढी वस्तुमा निर्यात अनुदान दिने घोषणा यस अघिनै गरिसकेको छ । सरकारले ५० करोडभन्दा बढीको स्वदेशी उत्पादन विदेश निर्यात गर्ने उद्योगलाई ८ प्रतिशत अनुदान दिने नीतिले पनि सिमेन्ट उद्योगीहरुलाई धेरै राहत भएको उध्योगका संस्थापक सन्दिप काडियाको भनाइ छ । ‘वर्तमान असहज एवं आर्थिक मन्दिको अवस्थानमा सिमेन्ट भारत तर्फ निर्यात गर्ने कार्य यस क्षेत्रबाट शुभारम्भ गर्न पाउँदा आशाको दियो जागेको छ ।’ उनले भने ‘हाम्रो सिमेन्ट उद्योग स्थापनाको लक्ष्यनै भारत निर्यात गर्ने सोच सहित थियो । सोच आज पुरा भएको छ, हामी सफल भएका छौ ।’

सरकारले वस्तु नै तोकेर निर्यातमा अनुदानको घोषणाले नै निर्यात सहज भएको उनको तर्क रहेको थियो । ‘हामी चाहन्छौ राज्यले अझै उद्योग मैत्री, निर्यात मैत्री नीतिहरु ल्याउनु जरुरी छ । आजका दिनमा निर्यातको बाताबरण बनाउने सरकारलाई हामी धन्यवाद दिन चाहन्छौ ।’– काडियाले भने । सिमेन्ट निर्यातले भारत संगको व्यापार घाटालाई केही कम गर्नेमा उध्योग बिश्वस्त रहेको उनको भनाइ थियो ।

शिवराज नगरपालिकामा रहेको उध्योगले निर्यात सुरु गरे सङ्गै ब्यपार घाटामा थोरै भए पनि कमि आउने चन्द्रौटा उध्योग बाणिज्य संघका अध्यक्ष इश्वरी पाण्डेले बताए । ‘जति बढी सामान भारत लगायत अन्यत्र निर्यात गर्न सक्छौं, त्यति धेरै व्यापार घाटामा कमी आउँछ । त्यसैले निर्यातलाई दिगो बनाउने वातावरण सरकारले बनाइरहनु पर्छ ।’ पाण्डेले भने । शिवराज नगर पालिकाका प्रमुख अजय थापाले शिवराज नगरपालिकाबाट निर्यातको सुरुवात हुनु गर्वको विषय रहेको बताए । आयात मात्रै हुने गरेको नेपालमा यसले केही सकारात्मक सन्देश दिने उनको भनाइ छ ।

बालाजी सिमेन्ट उद्योगको दैनिक उत्पादन क्षमता १ हजार ६ सय टन रहेको छ उध्योगका प्रवन्ध निर्देशक रौनक अग्रवालले जानकारी दिए । उद्योगले बहुबली र श्रृष्टी ब्रान्डका ओपिसी ४३ ग्रेडको र पिपिसी सिमेन्ट उत्पादन गर्दै आएको छ । दुबै ब्राण्डका सिमेन्टलाई नेपाल गुणस्तर बिभागले एनएस र भारत सरकार गुणस्तर बिभागले ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड्स (बिआईएस) प्रदान गरेको छ ।

बालाजी सिमेन्ट ईण्डस्ट्रिज २०७७ सालमा स्थापना भएको हो । उद्योगमा जर्मनको लोच्से कम्पनीको भिआरएम प्रबिधी जडान छ । जर्मनको यो प्रविधी सिमेन्ट उद्योगको लागी बिश्वकै उच्चस्तरीय कम्पनी हो । बालाजी सिमेन्टको बजार नेपालको पश्चिम, सुदुर पश्चिम र कर्णाली प्रदेशमा अत्यधिक रहेको अग्रवालको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर