८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

भैरहवा । भारतबाट ल्याइने एक सय रुपैया भन्दा बढीको समानमा भैरहवा भन्सार कार्यालयले अनिवार्य भन्सार महशुल लिन थालेको छ । भन्सार नियममा रहे पनि यस अघि भन्सार कार्यालयले यसमा कडाई गरेको थिएन ।

Advertisement

भन्सार कार्यालयले लक्षित राजस्व नभेटेको र यो ब्यवस्थाका कारण आन्तरिक बजार सुधार हुने भन्दै भन्सारले अहिले यो ब्यवस्था कडाईका साथ लागु गरेको छ । यसले सर्वसाधारण उपभोक्तामा सास्ती ल्याएको छ भने सीमावर्ती ब्यवसायीहरुलाई हर्षित बनाएको छ । भैरहवा भन्सार कार्यालयको यात्रु शाखामा अहिले सेवाग्राहीहरुको चाप बढेको छ । १ सय रुपैया भन्दा बढीको समानमा यात्रुहरुको स्वघोषणाको आधारमा भन्सार लिने गरिएको छ । भारतीय बजारमा दैनिक उपभोग्य बस्तु सहित लत्ता कपडा खरिद गर्नेहरुको घुईचो लाग्ने गरेको थियो ।

भन्सार कार्यालयले दैनिक सुनौली जाने उपभोक्ता लक्षित गरि गरेको कडाईका कारण उपभोक्ताहरु मारमा परेको गुनासो गर्ने गरेका छन् । सीमावर्ती क्षेत्रमा दैनिक उपभोग्यमा समान खरिद गर्नु सामान्य रहेको बताउदै न्यूनतम सीमा १ सय रुपैयाबाट बढाउनु पर्ने उपभोक्ताहरुको माग रहेको छ । भैरहवा मर्निङ्ग वाक ग्रुपका संस्थापक अध्यक्ष बिजय गोविन्द श्रेष्ठका अनुसार चर्को गर्मीमा यात्रुशाखामा प्रज्ञापन भर्नका लागि उपभोक्ताहरुको लाईन लागेको छ । यसलाई भन्सार कार्यालयले सहज बनाउनु पर्ने उनको भनाई छ ।

यस बिषयमा भैरहवा मर्निङ्ग वाक गु्रपले सिद्धार्थ उद्योग बाणिज्य संघको ध्यानाकर्षण समेत गराएको छ । भन्सार कार्यालयले गरेको कडाईका कारण चोरी निकासी बढने र बजारमा मूल्यवृद्धिको सम्भावना रहेको कारण यसको प्रभावकारी अनुगमन गर्नुपर्ने गु्रपका सदस्य बनमाली निराकारले धारणा राखे । भन्सारले लागु गरेको नियमका कारण भारतमा बजार गर्न जाने नेपालीहरुलाई निरुत्साहित गर्ने सिद्धार्थ उद्योग बाणिज्य संघको अपेक्षा छ ।

संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले ब्यवसायीहरुको लामो समय देखिको माग भन्सार कार्यालयले अहिले आएर सम्बोधन गरेको प्रतिक्रिया दिए । “भारतीय बजारमा ९५ प्रतिशत ग्राहक नेपालीहरु रहने गरेका छन, यसले नेपाल तर्फका ब्यवसाय धराशायी बन्ने स्थिति बनेको थियो ।” श्रेष्ठले भने “भन्सार कार्यालयको यो नियमको कारण आन्तरिक बजार केही चलायमान भएको छ ।” उनले भैरहवा भन्सार कार्यालयले सुरु गरेको यो कामको अन्य भन्सार कार्यालयहरुले पनि अनुशरण गर्नुपर्ने जिकिर गरे । “अहिले बिरगञ्ज, बिराटनगर एवम नेपालगन्ज भन्सारले पनि यो नियम लागु गर्ने सुनेका छौं, यसले त्यस क्षेत्रकै स्थानिय बजार प्रवद्र्धन हुने हो ।” उनले भने

भैरहवा भन्सारले सुरु गरेको यो ब्यवस्थाको उद्योगी ब्यवसायीले खुलेर साथ दिने उनको भनाई छ । कुनै ब्यवसायीले यसको दुरुपयोग गर्न खोजे त्यस्ताको उद्योग बाणिज्य संघले संरक्षण नगर्ने श्रेष्ठको भनाई छ । “भारतबाट अवैध रुपमा भित्रिएको समान नेपाली ब्यपारीहरुले खरिद गर्ने गरेको आरोप लाग्दै आएको छ ।” श्रेष्ठले भने “यदि कसैले त्यस्तो काम गर्छ भने सुध्रिनुस, अब हामी तपाई बिरुद्ध नै लाग्ने छौं ।”

भन्सारले गरेको कडाई संगै आन्तरिक बजारमा सुधार आएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नारायण जोशीको दावी छ । यसले राजस्वमा खासै असर नपारे पनि नेपाल तर्फको बजार अपेक्षाकृत सुधार हुने उनको भनाई छ । “नियम पहिले देखि नै थियो, जनशक्तिका कारण कार्यान्वयन गर्न सकिरहेका थिएनौ ।” जोशीले भने “अहिले पालो पु¥याएर काम गरिरहका छौ, सुरुका दिनमा केही चाप रहे पनि अहिले चाप कम भएको छ ।”

भारतबाट काम गरेर फर्केका एवम भारतीय सेना लगायतका सुरक्षा निकायमा काम गर्नेहरुमा भने यो नियम लागु नहुने जोशीको भनाई छ । “शुद्ध रुपमा दैनिक रुपमा सीमापारी जाने उपभोक्ता एवम कारोबारीलाई लक्षित गरेका छौं ।” उनले भने “केही दिन थोरै असहज भए पनि बिस्तारै यो लयमा आउछ ।” यस्तै नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनीका अध्यक्ष कृष्ण प्रसाद शर्माले नेपालीहरुको स्वास्थ्य सम्ममा यो नियमले असर गर्ने बताए । “बुझेर÷नबुझेर नेपालीहरुको भान्सा सम्ममा भारतका अखाद्य बस्तुहरु पुग्ने गरेको थियो ।” उनले भने “यसमा अब सुधार हुनेछ ”

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर