ताजा अपडेट »

धरौटी बुझाएपनि विप्लवका नेता पुनः पक्राउ

शुक्रबार, ०३ माघ २०७६, १९ : ५०
4 Shares

माघ ३,

ग्लोबल आवाज

दाङ । धरौटी बुझाएर छुटे लगत्तै दाङमा विप्लव समूहका दुई जना नेताहरुलाई प्रहरीले पुनः पक्राउ गरेको छ । नेत्रविक्रम चन्द विप्लव समुह नेकपाको भातृ संगठन दलित मुक्ति मोर्चा जिल्ला अध्यक्ष सुरज परियार र विष्णुबहादुर रावतलाई दाङ देउखुरी जिल्ला अदालतमा आज धरौटी बुझाएर निस्कने क्रममा प्रहरीले पुनः पक्राउ गरेर हिरासतमा राखेको हो ।

उनीहरुलाई पुनः अर्काे मुद्दामा कारवाही गर्ने गर्ने उद्देश्यले पक्राउ गरिएको हो । गएको असोज ३० गते पार्टीका मध्य कमाण्ड ईन्चार्ज बिरजंग सहित २१ जना बिप्लव समूहका नेताहरुलाई देउखुरी राजपुर मुङग्रेटाबाट प्रहरीले पक्राउ गरेको थियो । ३ महिनासम्म हिरासतमा बसेका उनिहरुलाई अदालतले जनही १५ हजार धरौटीमा छोड्न आदेश दिएको थियो । तर पुनः पक्राउ पर्ने देखिएपछि उनिहरु सबै कारागार जाने निधो गरेका थिए ।

त्यसपछि केही दिन पहिले ४ जना नेताहरु धरौटी तिरेर निस्कने क्रममा प्रहरीले लछारपछार गर्दै पुनः नियन्त्रणमा लिएर कपिलबस्तु पुर्याएको थियो । उनिहरुलाई सर्वाेच्च अदालतले छोड्न आदेश दिएपछि रिहा भएको बताईएको छ । एकै साथ पक्राउ परेका मध्य १५ जना विप्लव समुहका नेताहरु विभिन्न कारागारमा रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।