६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

गुल्मी। पश्चिम नेपालकै प्रशिद्ध धार्मिक क्षेत्र रेसुङ्गाको पर्यटन प्रबर्द्धनमा गुल्मीको रेसुङ्गा नगरपालिकाले निकै महत्वाकांक्षी अभियानको शुभारम्भ गरेकोछ । आइतबार एक भब्य समारोहका बिच जाउँ हिड रेसुङ्गा अभियान २०८० को शुभारम्भ हो । यस अभियानलाई रेसुङ्गा नगरपालिकाले महत्वाकांक्षी अभियन भनेको छ ।

Advertisement

यस अभियानको रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थीले एक समारोका बिच शुभारम्भ गरेका हुन् । यो अभियान १० वर्ष अघि नै सुरु गर्न आटेको र गर्नु पनि पर्ने थियो तर त्यसबेला सम्बन्धीत सरकारी निकायले सुनेन् । युवा पर्यटन ब्यबसायी सुदर्शन खनालले भने बल्ल अहिले आएर रेसुङ्गा नगरपालिकाले यो अभियान छोडेर नजिकको सरकारको अनुभुति दिलाएको छ ।

अभियानलाई सफल पार्न कर्मचारीहरु पनि हप्ता वा मासिक रुपमा रेसुङ्गा आउने जाने गरे कसो होला भन्ने प्रश्नमा प्रमुख प्रशाकीय अधिकृत हरिप्रसाद ज्ञवाली यस बारे छलफल गरेर त्यस्तो तालिका अवश्य बनाउनेछौँ । रेसुङ्गाको महिमा बारे प्रकाश पार्दै संरक्षण समितिका अध्यक्ष सुरेशचन्द्र भुसालले रेसुङ्गाको धर्तिमा जन्मिन पाउने गुल्मेली भाग्यमानी भएको बताए । उनले छोटो शब्दमा रेसुङ्गाको पौराणिक धार्मिक ग्रन्थ व्यक्त गर्न नसकिने सुनाए ।

अभियानमा सहभागीलाई स्वागत गर्दै उपप्रमुख अमृतादेवी कुवरले यस अभियानलाई सफल पार्न सबै गुल्मेलीहरुलाइ अपिल गरिन । समारोहमा रेसुङ्गाको बृत्तचित्र प्रस्तुत गरिएको थियो । समारोहमा नगरप्रमुख पन्थीले जाउ हिड रेसुङ्गा अभियानको उद्देश्य प्रकाश पार्दै रेसुङ्गाको सर्वाङ्गिण बिकासका लागि कोशेढुङ्गा सावित हुने गरि नगरपालिकाले यो महत्वाकांक्षी अभियान अगाडी सारेको बताए ।

अगाडी रेसुङ्गाको लोगो पछाडी जाँउ हिड रेसुङ्गा ल्लेखिएको सेतो टिशर्ट लगाएका करिब डेढ सय जनाको टोलि गरपालिकाबाट रेसुङ्गा तर्फ कोहि बाइकमा, कोहि सानो गाडिमा त कोहि बसमा यात्रा गर्नेहरुको दृश्य देख्दा महामेलाको अनुभुत गर्न सकिन्थ्यो । बसमा यात्रा गर्नेहरुले निकै खुशी प्रकट गर्दै थिए ।

रेसुङ्गाको महादेव पोक्गरी नजिकको होटल पौवाको चहलपहल कुनै बिकासित मुलुकको रिसोर्टको भन्दा कम थिएन । यात्रीहरु सेल्फी खिच्न र टिकटक बनाउँदैमा व्यस्त थिए । जब रेसुङ्गामा झण्डै ८० प्रतिशत सडक पिच भयो तब अन्य जिल्लाका पर्यटकहरू बढ्न थालेका छ्न् । सडक पिच गर्ने कार्यको ढिलासुस्ती बिरुद्ध नगरपालिकाले कडाइ गरेपछी सडक पिचको कार्य मात्रै भएन गुणस्तरीय समेत बनेको देखियो ।

करिव एक घण्टाको रमाइलो बसाइ पछि सामुहिक भिडियो क्यामरामा कैद गरेर टोलि तम्घास फर्कियो । रमाउन चाहने टोलि साँझ अबेरसम्म होट्स्लको हातामा झुम्दै थियो । रेसुङ्गा एऐतिहासिक धार्मिक क्षेत्र मात्र होइन् प्राकृतिक उपासकहरुको उपसाना पनि हो । त्यस माथि कृतिम शौन्दर्यता एकपछी अर्को हुँदै थप्ने काम भैरहेको छ । गडजुरामा रेसुङ्गा लेखिएको विशाल होडिङ्ग बोर्ड र कोखैमा निर्माणधिन रेसुङ्गापार्कले युवायुवतीलाई दिनँहु तानेको छ ।

टिकटक पारखिहरुको पहिलो रोजाइ गडजुरा देखि माथि महादेव पोखरी क्षेत्र र यज्ञशाला र भ्युटावर क्षेत्र बनेको छ । फराकिलो पिच सड्क र सुबिधा सम्पन्न होटल रेसुङ्गामा पर्यटक बढ्नुको कारण रहेको कुरामा दुइमत छैन् । कुनै समय हिडेरै हजारौं भक्तजन पुग्ने रेसुङ्गामा यति धेरै सुबिदा हुँदा तपाईं पनि आफ्नो प्रेमी , प्रेमिका र जीवन साथिलाइ भन्न नभुल्नुस जाँउ हिड रेसुङ्गा ।

प्रतिकृया दिनुहोस्

Flash News

देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता