ताजा अपडेट »

गाडीबाट खसेर एकजनाको मृत्यु

शनिबार, २० जेठ २०८०, १३ : ०४
2 Shares
शनिबार, २० जेठ २०८०
2 Shares

भक्तपुर। भक्तपुरको सल्लाघारी हनुमन्ते पुल नजिकै गुडिरहेको गाडीबाट खसेर शनिबार एकजनाको मृत्यु भएको छ ।

राधेराधेबाट निकोसेरातर्फ  जादै गरेको बा २१ च ५३०१ नं.को हात्ती गाडीमा पछाडि सवार हाल नामथर, वतन नखुलेको बर्ष अं. ४०/४५ की महिला गाडी गुडिरहेको अबस्थामा अचानक खसी मृत्यु भएको हो ।

प्रहरीका अनुसार दुर्घटनापछि गम्भीर घाईते भई उपचारको लागि डा. ईवामुरा अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो । घटनापछि सवारी चालक काभ्रे भुम्लु गाउँंपालिका ३ घर भई हाल ललितपुर ईमाडोल बस्ने बर्ष ३० को  सूर्यबहादुर पहरीलाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरू भएकाे छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।