ताजा अपडेट »

टाइगर भर्सेस पठान निर्देशकको पारिश्रमिक ४० करोड

शुक्रबार, १९ जेठ २०८०, १५ : ४२
72 Shares

मुम्बई । फिल्म ‘पठान’मा स्क्रिन सेयर गरेपछि अब दर्शक ‘करण अर्जुन’ फेम्ड अभिनेता शाहरुख खान र सलमान खानलाई फूल फ्लेज्ड भूमिकामा एकसाथ देख्न चाहन्छन् ।

यहीकारण यशराज फिल्मस्ले आफ्नो स्पाई युनिभर्सलाई अगाडि बढाउँदै नयाँ स्पिाई थ्रिलर ‘टाइगर भर्सेस पठान’ बनाउने घोषणा गरिसकेको छ ।फिल्ममा शाहरुखसँग अपोजिटमा दीपिका पादुकोण र सलमानको अपोजिटमा कटरिना कैफको अभिनय रहनेछ । कटरीना र दीपिका स्पाई एजेन्टको भूमिकामा देखिनेछन् ।

फिल्ममा सिद्धार्थ आनन्दको निर्देशन रहनेछ । उनले यो फिल्मका लागि ४० करोड पारिश्रमिक लिएका छन् ।  बलिउडमा कुनै पनि निर्देशकले पाएको यो पारिश्रमिक अहिलेसम्म कै सर्वाधिक महंगो हो ।

फिल्ममा आदित्य चोपडाको लेखन छ । फिल्मको छायांकन सन् २०२४ बाट सुरु हुनेछ भने रिलिज २०२५ मा हुनेछ ।

रोचक कुरा के छ भने सिद्धार्थले प्रभासको फिल्म ‘मैत्री’का लािग ६५ करोड रुपैंयाँको सम्झौतामा हस्ताक्षर गरेका थिए । तर उनले त्यसभन्दा अघि ‘टाइगर भर्सेस पठान’लाई अगाडि बढाउने निर्णय लिएका छन् ।

‘शाहरुख र सलमानलाई एकै फिल्ममा निर्देशन गर्न पाउनु फिल्म निर्देशकका लागि एउटा सपना नै हो । कोही पनि यो अवसरलाई गुमाउन चाहँदैनन्’, फिल्म निकट स्रोतले भन्यो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।