५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023


मुगु । ज्येष्ठ नागरिकसम्बन्धी ऐनअनुसार ६० वर्ष पूरा गरेकाहरूलाई ज्येष्ठ नागरिक मानिन्छ । २०७८ सालको जनगणनाअनुसार यो उमेरका नागरिक नेपालको कुल जनसङ्ख्याको १०.२१ प्रतिशत छन् । सरकारले ज्येष्ठ नागरिक अस्पताल यातायातमा छुट दिइएको छ । तर, मुगुका ज्येष्ठ नागरिकले त्यो सेवा पाएका छैनन् ।  

Advertisement

छायाँनाथ रारा नगरपालिका वडा नं ४ भामवाडाका ७२ वर्षीया देवीदास रावल श्रीमतीलाई पेट सुनिने समस्या देखिएपछि उपचारको लागि जिल्ला अस्पताल ठिनिमा पुगे । सरकारले ज्येष्ठ नागरिकलाई दिने उपचारमा छुटकाे सुविधा नपाएको गुनासो गरे  । 

निःशुल्क उपचारको अपेक्षा गरेका मुगुका ज्येष्ठ नागरिक अस्पतालमा पुगेपछि कुनै पनि सेवा निःशुल्क नपाएको बताएका छन् । आर्थिक अवस्था न्यून भएका मुगुका नागरिकलाई सधैँ रोग र भोगले पिरोलि रहने गरेको छ । ‘श्रीमानको उपचार गर्दै गर्दा हजारौं रुपैयाँ सकियो । उपचार पनि भएको छैन । श्रीमान अब भगवानको भरोसा मात्र भएका छन्,’ छायाँनाथ रारा नगरपालिका वडा नं ४ का धर्मदेवी भामको भनाइ छ ।    

   उनी मात्र होइन नि:शुल्क उपचार पाउने विश्वासले अस्पताल पुग्ने ज्येष्ठ नागरिकहरु उपचारका लागि शुल्क तिर्न बाध्य छन् । सरकारले ज्येष्ठ नागरिक र अति विपन्नलाई निःशुल्क उपचारको घोषणा गरेपनि जिल्ला अस्पताल मुगुले भने सरल सेवामा अंकुश लगाएको  स्थानीयको भनाइ छ । 

विभिन्न कागजात मागेर झन्झट दिने र उपचार सेवाबाट बन्चित गराइएकाे ज्येष्ठ नागरिककाे गुनासाे छ । जिल्ला अस्पताल मुगुमा ज्येष्ठ नागरिक र लक्षित वर्गलाई दुई प्रकारको बजेट आएको छ ।

७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निशुःल्क गर्ने र ६० वर्ष देखि ६९ वर्षका नागरिक लाई परिचय पत्रको आधारमा ५० , ७० वर्ष देखि ७९ वर्ष लाई ७५ प्रतिशत र ८० वर्ष वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक लाई शत प्रतिशत उपचार दिएको स्वास्थ्य सेवा कार्यालय मुगुका कार्यालय प्रमुख कमल ढुंगानाले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ