१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

 न्युयोर्क । एलन मस्क फेरि विश्वकै धनी व्यक्ति बनेका छन् ।टेस्लाका सीईओ मस्क फ्रान्सेली उद्योगपति बर्नार्ड अर्नाल्टलाई पछाडि पार्दै बिश्वकै सबैभन्दा धनी ब्यक्ति बनेका हुन । 

Advertisement

पछिल्लो केही दिनयता एलोन मस्कको सम्पत्ति बढदा उही समयमा बर्नार्ड अर्नाल्ट पेरिस ट्रेडिङको को शेयर २.७ प्रतिशतले घट्न पुगेको थियाे । जुन घटाईले मस्कलाई पुनः एक पटक विश्वको सबैभन्दा धनीको सुचीमा फर्काएको हो ।

ब्लूमबर्ग बिलियनेर्स इन्डेक्स यस वर्ष शीर्ष स्थानको लागि दुवै बिचमा प्रतिस्पर्धा चल्दै आएको जनाएकाे छ । जसअनुसार कहिले एलोन मस्क र कहिले बर्नार्ड अर्नाल्ट शीर्ष स्थानमा रहदैँ थिए। तर, यो वर्ष लामो समयसम्म बर्नार्ड अर्नाल्ट नै विश्व कै धनी व्यक्ति बन्दा मस्क भने दोस्रो स्थानमा झरिरहेका थिए ।

अर्नाल्ट ७४ वर्ष पुरानो फ्रान्सेली बिलासिताका समानका व्यापारी हुन, जाे सन् २०२२ को डिसेम्बरमा मस्कलाई पछि पार्दै पहिलो पटक विश्वकै धनी व्यक्ति बनेका थिए । अर्नाल्टले एलभीएएच नामक कम्पनि छ, जसका विश्व प्रसिद्ध लुइस भिटन, फेन्डी र हेनेसी लगायतका महंगो फेसनका ब्रान्डहरू उत्पादन हुन्छन् ।

ब्लूमबर्ग समाचार एजेन्सीका अनुसार चीनको महत्त्वपूर्ण बजारमा सुस्त आर्थिक वृद्धिका बीच विलासिता समानको खपत घटन पुगेकाे छ। जसकाकारणा उनकाे अप्रिलदेखि करिब १० प्रतिशतले सेयर घटन पुगेकाे थियाे । 

अर्नाल्टको कुल सम्पत्तिबाट एकै दिनमा ११ अर्ब डलरको नोक्सान भएको थियो। अहिले बुधबारसम्म उनको कुल सम्पत्तिमा ५ अर्ब २५ करोड डलरकाे नोक्सानी भएको छ । अहिले बर्नार्ड अर्नाल्टको कुल सम्पत्ति १८७ अर्ब डलर छ  तर पनि यो वर्ष मात्रै उनको सम्पत्ति २४.५ अर्ब डलरले बढन पुगेको छ ।

पुन: विश्वकै धनी व्यक्ति बनेका एलोन मस्कको सम्पत्ति भने १९२ अर्ब डलर पुगेको छ । ब्लूमबर्ग बिलियनेयर इन्डेक्सका अनुसार बुधवार एलोन मस्कको कुल सम्पत्ति १.९८ बिलियन डलरले बढेको हो । साथै, यो वर्ष उनको कुल सम्पत्तिमा पनि ५५.३ अर्ब डलरले बृद्धी भएको छ ।
 

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर बझाङबाट ९१ किलो गाँजासहित तीन जना पक्राउ गौशालामा प्रहरी र प्रसाईं समर्थकबीच झडप ‘उमेर भिन्नता’को कारण थाइल्यान्डमा बेहुलाद्वारा बेहुलीसहित चार जनाको हत्या !