ताजा अपडेट »

प्रधानमन्त्री प्रचण्ड नयाँ दिल्लीमा, राज्यमन्त्री मिनाक्षीले गरिन् स्वागत

बुधबार, १७ जेठ २०८०, १६ : ५४
65 Shares

काठमाडौं । भारतको चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँ दिल्ली पुगेका छन् ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल बुधबार अपरान्ह  अवतरण गरेका प्रधानमन्त्री प्रचण्डलाई भारतकी विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् ।

भारत भ्रमणका क्रममा बिहीबार समकक्षी नरेन्द्र मोदीसहितसँग भेटवार्ता गर्ने प्रधानमन्त्री प्रचण्डले उच्चस्तरीय भेटवार्ता गर्नेछन् । बिहीबार दिल्ली भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गर्ने कार्यतालिका छ भने सोही क्रममा दुई देशबीच केही समझदारी र सम्झौतामा हस्ताक्षर हुनेछ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।