१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

बुटवल । लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा रहेका छन् । जसमध्ये साना ३४, मझौला १६ र ठूला १७ रहेको बताईएको छ । बुधबार बुटवलमा आयोजित अन्तर्राष्ट्रिय वित्त निगम आई.सि.एफ. संगको अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशमा व्यवसायको सम्भावना र चूनौतीको विषयमा भनाई राख्दै नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले उक्त तथ्यांक प्रस्तुत गरेका हुन् ।

Advertisement

उहाँले लुम्बिनी प्रदेश बैदेशिक लगानीको आकर्षक क्षेत्र पनि रहेको बताउँदै वैदेशिक लगानी पहिलो रोजाइ सेवा मुलक, उत्पादन मुलक र पर्यटन क्षेत्रमा रहेको भनाई राखे । त्यसबाहेक लुम्बिनी प्रदेशमा ठूला ८८२, घरेलु तथा साना उद्योग करिव २५ हजार र करिव १ लाख ५० हजार व्यवसायिक प्रतिष्ठान रहेको उहाँले जानकारी गराए ।

तराईका ६ र पहाडका ६ गरी १२ जिल्ला रहेको लुम्बिनी प्रदेशको जम्मा क्षेत्रफल २२ हजार २८८ वर्ग कि.मि. छ । यो प्रदेशमा प्रचुर कृषि भूमि तथा प्राकृतिक रुपमा धनी प्रदेशको रुपमा रहेकाले कृषिजन्य तथा बनप्रदावारमा आधारित उद्योग तथा पर्यटन उद्योगमा राम्रो सम्भावना देखिएको उहाँले जानकारी गराउनु भयो । उहाँका अनुसार राष्ट्रिय कुल ग्राहस्थ उत्पादनमा लुम्बिनी प्रदेशको करिब १४ प्रतिशत योगदान रहेको छ ।

लुम्बिनी प्रदेशमा दुई औधोगिक क्षेत्र, भैरहवामा विशेष आर्थिक क्षेत्र छ । त्यसबाहेक पनि भैरहवा–लुम्बिनी, बुटवल–भैरहवा, भैरहवा–परासी, परासी–भुमही मुख्य औद्योगिक कोरिडोर रहेका छन् । यी कोरिडोरमा मात्रै लुम्बिनी प्रदेशमा रहेका कुल उद्योगका ५० प्रतिशत उद्योग रहेका छन् । त्यसैगरी रुपन्देहीमा प्रस्तावित मोतिपुर औधोगिक क्षेत्र, बाकेमा नौवस्ता औधोगिक क्षेत्र रहेका छन् । यी औधोगिक क्षेत्रको निमार्ण र सञ्चालनको ढिलाईले उद्योग विस्तार र वैदेशिक लगानीमा तिव्रता आउन नसकेको उहाँले बताए ।

त्यस्तै सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठले प्रदेशमा लगानीको राम्रो सम्भावना भएपनि नीतिगत अस्प्रष्टताका कारण प्रयाप्त लगानी आकर्षण पनि हुन नसकेको र लामो समयदेखिको बैंक तथा वित्तिय संस्थामा उत्पन्न भएको लगानीयोग्य पुँजीको अभाव तथा व्याजदरमा भएको अस्वभाविक बृद्धिका कारण भएका उद्योग प्रतिष्ठान पनि धान्न धौ धौ भएको बताए।

कार्यक्रममा अन्तर्राष्ट्रिय वित्त निगम आई.सि.एफ. का प्रमख, आवासिय प्रतिनिधी बाबाकर एस फेईले आईएफसी विश्व बैंक समूहको सदस्य उदीयमान बजारहरूमा निजी क्षेत्रमा केन्द्रित सबैभन्दा ठूलो विश्वव्यापी विकास संस्था रहेको र विकासशील देशहरूमा बजार र अवसरहरू सिर्जना गर्न पूँजी, विशेषज्ञता र प्रभाव प्रयोग गरेर सय भन्दा बढी देशमा काम गर्दै आएको जानकारी गराए।

यसले निजी क्षेत्रसँगको साझेदारीमा अत्यावश्यक सेवाहरू विद्युत, दूरसञ्चार, यातायात, खानेपानी र सरसफाइ जस्ता पूर्वाधार परियोजनाहरू विकास गर्न दीर्घकालीन वित्तपोषण र उद्योग–अग्रणी विशेषज्ञता प्रदान गर्ने उहाँले जानकारी गराउनु भयो । उहाँका अनुसार आईएफसी माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा ४५३ मिलियन डलरको ऋण फाइनान्सिङ प्याकेजको प्रमुख प्रबन्धक हो । जुन नेपालमा सबैभन्दा ठूलो विदेशी प्रत्यक्ष लगानी हो । अन्तरक्रिया कार्यक्रममा यस क्षेत्रका उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली