ताजा अपडेट »

रुकुममा जिप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ५ पुग्यो, नामावलीसहित

विहीबार, ११ जेठ २०८०, ११ : ४०
10 Shares
विहीबार, ११ जेठ २०८०
10 Shares

दाङ। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ जना पुगेको छ । प्रहरीका अनुसार उनीहरूको घटनास्थलमा नै मृत्यु भएको हो ।

मृत्यु हुनेमा सानोभरी नगरपालिका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षीय देउचन खत्री, बाँफिकोट–८ का २२ वर्षीय रेखा खनाल, उनको छोरा रोशन केसी र सोही ठाउँका नाम नखुलेका व्यक्तिको मृत्यु भएको रुकुम पश्चिम प्रहरीले जनाएको छ। बिहीबार बिहान ७ बजेको समयमा बाँफिकोट गाउँपालिका–८ तोरीधारा जिप दुर्घटना परेको हो।

सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय बाँफिकोट रुकुम पश्चिमले जनाएको छ। घटनामा परी १० जना घाइते भएका छन् । जिप सडकबाट अन्दाजी ४०० मिटर तल खसेको छ भने दुर्घटनाको कुनै कारण खुल्न सकेको छैन। हाल स्थानीय तथा प्रहरीले दुर्घटनामा घाइतेहरूको उद्धार कार्यलाई जारी राखेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।