ताजा अपडेट »

स्कुटर चोरीमा संलग्न बुटवलका दुई युवा पक्राउ

शुक्रबार, ०५ जेठ २०८०, १९ : ४९
12 Shares

बुटवल । बुटवल उपमहानगरपालिका–११ देविनगरबाट स्कुटर चोरी गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा बुटवल–११ देविनगर बस्ने २६ वर्षीय मनोज कार्की र बुटवल–३ बस्ने ३५ वर्षीय सुरेन्द्र अमात्य रहेका छन् ।

विहिबार बुटवल–१३ स्थित ज्ञवात रेष्टुरेण्ट अगाडि पार्किङ गरी राखेको कमला प्रधानको नाममा दर्ता भई कृष श्रेष्ठले चलाउँदै आएको लु ६४ प २६०९ नम्वरको यामाहा कम्पनीको स्कुटर चोरी गरको आरोपमा उनीहरु पक्राउ परेका हुन् । स्कुटर चोरी भएको उजुरी प्राप्त हुनासाथ खोजतलासमा लागेको प्रहरी टोलीले विहिबार राती बुटवल–५ मा शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा घटना बारे पत्ता लागेको थियो । उनीहरुले स्कुटर चोरी गरेको स्वीकार गर्दै देविनगर–११ नमस्ते पथमा लुकाएर राखेको खुलाएपछि स्कुटर समेत बरामद गरिएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।