बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–१ दोभान खोलामा माछा मार्न गएका एक पुरुष वेपत्ता भएका छन् । अन्य २ जना साथीहरुसँगै आरखोदी स्थित दोभान खोलामा माछा मार्न गएका ३२ वर्षीय भुपाल सुनारी वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
वेपत्ता सुनारीसँगै २२ वर्षीय रुद्र खत्री, २४ वर्षीय राजन पुन माछा मार्न गएका थिए । घटना बारे जानकारी लगत्तै त्यहाँ पुगेको प्रहरी चौकी दोभानको टोलीले वेपत्ता सुनारीको कपडा र चप्पल फेला पारेको छ । खोजी कार्य भैरहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया