धनगढी । भारतमा एक नेपालीको शव फेला परेको छ । अछामको मंगलसेन नगरपालिका वर्डा नम्बर १२ का गोपाल नाथ भारतमा मृत फेला परेका हुन् । भारतमा रहेकी पत्रकार ललिता विश्वकर्माले हरियाणा राज्यको रोहतक सहरमा काम गर्दै आएका नाथको शव फेला परेको बताएकी छन् ।
मृतकका आफन्तका अनुसार उनको हत्या गरिएको आशंका गरिएको छ । उनको शरीरमा चोट लागेको छ । व्यापारीहरूले नाथको हत्या गरेको परिवारका सदस्यको आरोप छ । उनको शव नदीमा फेला परेको थियो । हरियणा प्रहरीले उनको शव नदीबाट निकालेको छ । घटनाको थप अनुसन्धान जारी रहेको छ ।
प्रतिक्रिया