१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

लमजुङ । लमजुङ – लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भएको सुपर दोर्दी ‘ख’ जलविद्युत आयोजनाको ५४ मेगावाटको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

Advertisement

पिपुल्स हाइड्रो पावर कम्पनीले सम्पन्न गरेको आयोजनाको विद्युत केही दिन अघि रास्ट्रिय  ग्रिडमा थपिएको हो ।

आयोजनाको निर्माण पूरा गरी परिक्षण सफल भएपछि ग्रिडमा जोडेर परिक्षण उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादन भएको विद्युत दोर्दी कोरिडोर प्रसारण लाइनको  किर्तीपूर  सबस्टेसनमा जोडिएको छ ।

आयोजनाबाट यसअघि नै विद्युत उत्पादन गर्ने तालिका भएपनि भूकम्प, नाकाबन्दी, दोर्दी खोलामा आएको भीषण बाढीको क्षति तथा कोभिड–१९ महामारीका कारणले निर्माण प्रभावित हुँदा धकेलिँदै आएको थियोे  । ०७४ सालमा सुरु भएको आयोजनाको निर्माण कार्य २०७८ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।

लमजुङको दोर्दी गाउँपालिकामा निर्माण भएको आयोजनाबाट वार्षिक ३१४.९८३ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । आयोजना सम्पन्न गर्न ८ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिए पनि निर्माण अवधि लम्बिँदा केही बढ्ने देखिएको कम्पनीले जनाएको छ ।

आयोजनामा सानिमा बैंकको अगुवाइमा ९ वटा बैंकले ५ अर्ब ८० करोड रुपैयाँ ऋण लगानी गरेका छन् । 

सुरुमा यो आयोजना ४९.६ मेगावाट क्षमतामा निर्माण गर्ने तय भएको थियो । पछि आयोजनाको स्तरोन्नति गरेर क्षमता ५४ मेगावाट पुराइएकाे हो ।

प्रतिकृया दिनुहोस्

Flash News

वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट केपी ओली कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा, विहिबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा प्रधानमन्त्री प्रचण्ड आज यूएई जाने अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ