१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

सिरहा। सिरहामा प्रशोधित पिउने पानीको बोतलमा लेउ भेटिएको छ।  गोलबजार नगरपालिका १० का वसन्त कुमार महतोले लहानकाे एक पान पसलबाट किनेको ऋषि जल नामक पानीको बोतलमा कागजको टुक्राजस्तो अखाद्य वस्तु देखिएको हो। 

Advertisement

तिर्खाएका महतोले पानी किनेर बोतलकाे बिर्काे खाेल्न लाग्दा बोतल भित्र लेउ देखेपछि बोतल सुरक्षित राखि सञ्चारकर्मीहरुलाई देखाएका छन्।  उनले बोतलमा भरिएको पानीमा  समेत लापरबाही देखिनु जनस्वस्थ्यमाथिकाे खेलबाड भएको बताए ।  महतोले भने, ‘पछिल्ला दिनहरुमा मानिसले स्वास्थ्यको ख्याल गर्दै बोतलको पानी किनेर पिउने गरे पनि यसको विश्वसनीयता कम हुँदै गएको छ। पानीमा कहिले कागज, प्लाष्टिकको टुक्रा, मरेका किरा आदि देखिन्छ। यो मानव स्वास्थ्य माथिको खेलवाड हो।’

उनले यहाँ उत्पादन हुने पानीको गुणस्तर नियमनकारी निकायले समय सयमा चेक जाँच र नियमित अनुगमन नगर्दा उत्पादकहरुले लापर्वाही गरेको आरोप लगाए। 

पानीमा भेटिएकाे विषयमा धारणा लिने क्रममा  ऋषि जल उद्योगकाे आफूलाई म्यानेजर बताउने रामलोचन नामका व्यक्तिले ‘तपाइँले लिएको पानीमा फोहाेर पाइएको भए हामीलाई पठाइदिनुस्, कहाँबाट कमजोरी हुन गएछ त्यसलाई कारबाही गर्छु’ भन्ने जवाफ दिए ।

पानीमै फोहाेर कसरी पस्यो त ?  भनेर जिज्ञासा राख्दा उनले ‘पत्रकारहरुको काम छैन, बजारमा खसीको मासु भनेर पाठी (बाख्रा) को मासु बेचिरहेको छ। तपाईंहरु देख्नुहुन्न। एउटा पानीको बोतलका कागजको टुक्रा देखियो भनेर यत्रो कुरा गर्नुहुन्छ’ भन्दै गैरजिम्मेवार जवाफ दिए । 

यस विषयमा सिरहा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी  आनन्द पौडेलले मानिसको स्वस्थयसँग खेलवाड गर्ने कसैको अधिकार नरहेको बताए । उनले भने, ‘हामी तत्काल अनुगमन गर्छौ, अनुगमन गरिसकेपछि ल्याब पठाउँछौ ल्याबको रिर्पोट के आउँछ, त्योअनुसार कानुन बमोजिम कारबाही हुन्छ।’

प्रतिकृया दिनुहोस्

Flash News

अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर