ताजा अपडेट »

लुम्बिनीको कालानमक चामल कम्बोडियाका प्रधानमन्त्रीलाई उपहार पठाइँदै

शुक्रबार, १५ बैशाख २०८०, २२ : ०४
6 Shares

लुम्बिनी । बुद्धकालिन समयको कालानमक धान उपहार स्वरुप कम्बोडिया लगिने भएको छ । २५६७ औं बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय ९अवधेश कुमार त्रिपाठी०ले कम्बोडियाका प्रधानमन्त्री हुन सेनलाई उपहार स्वरुप कालानमक ‘चामल’ प्रदान गर्ने भएका हुन् ।

यहि बैशाख १९ गते ९मे २ तारिख० का दिन कम्बोडियामा हुने अन्र्तराष्ट्रिय बुद्धजयन्ती समारोहमा बुद्धजन्मस्थलको रैथाने कालानमक चामल कम्बोडियाका प्रधानमन्त्रीकै माग अनुसार उपहार स्वरुप प्रदान गरिने उपाध्यक्ष त्रिपाठीले बताए । कार्यक्रममा सहभागी हुन जानुअधि शुक्रबार उपाध्यक्ष त्रिपाठीलाई लुम्बिनी एग्रो टुरिजम एण्ड रिसर्च सेन्टरका तर्फबाट चन्द्रप्रकाश पाठकले कलानामक धानको चामल प्रदान गरेका छन् ।

बुद्धजन्मस्थल लुम्बिनीमा रहेको सेन्टरले विगत ४ बर्षदेखि लोप हुने अवस्थामा पुगेको बुद्धकालिन कालानमक धानको संरक्षण र बजारीकरण गर्दै आएको छ । बौद्धिष्ट मुलुक कम्बोडियाका प्रधानमन्त्रीले बुद्धकालिन कालानमक धानको चामल माग गर्नुले बौद्धपरम्परामा यो चामलको महत्व उजागर गरेको कोषका उपाध्यक्ष भिक्षु त्रिपाठीले बताए ।

‘कम्बोडियाका प्रधानमन्त्रीले लुम्बिनीबाट कालानमक धानको चामल माग गर्नुभएको छ, यो हाम्रो लागि असाध्यै खुशीको कुरा हो’ भिक्षु मेत्तेयले भने –‘हामीले राज्य उपहार स्वरुप कालानमक चामल दिन लागेका हौं ।’ कपिलबस्तु, लुम्बिनी र नवलपरासीमा उत्पादन हुने यो धानको चामललाई कम्बोडियाका प्रधानमन्त्रीलाई राज्य उपहारका रुपमा दिएसँगै कम्बोडियामा पनि प्रचार हुने उपाध्यक्ष त्रिपाठीको भनाई छ ।

बुद्धकालमा राजप्रासाद तिलौराकोट बाहिर असार पूणिर्मामा कालानमक रोपेर धान मंगलोत्सव गरिने ईतिहासमा उल्लेख छ । बुद्धकालीन महत्व भएकाले यसको संरक्षण गर्न कम्बोडियाका प्रधानमन्त्रीले माग गर्नुले पुष्टि गरेको उपाध्यक्ष त्रिपाठीले बताए । कम्बोडियाका प्रधानमन्त्रीसँग कोषका उपाध्यक्ष भिक्षु त्रिपाठीले भगवान बुद्धको जन्मस्थल लुम्बिनीको विकास र यसलाई विश्वकै महत्वपूर्ण ऐतिहासिक एंव साँस्कृतिक महत्वको क्षेत्रका रुपमा विकास गर्न छलफल गर्नेछन् । साथै दुई देशका जनताविचको सम्बन्ध, पर्यटन, शान्ति र विकासका लागि सहकार्यका बिषयमा समेत छलफल गर्ने छन् ।

खाँदा नरम, स्वादिलो र मगमग बास्ना आउने कालानमक धान र चामल मानव स्वास्थ्यका लागि समेत असाध्यै राम्रो मानिन्छ । तर, बौद्धसम्पदासँग जोडिएका कपिलवस्तु, रुपन्देही र नवलपरासीका दक्षिणी क्षेत्रका किसानले यो धान लगाउन छाडेका छन् । बुद्धकालिन यो धान लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई स्वाद चखाउन सके यसको संरक्षणसँगै किसानले समेत लाभ लिन सक्ने छन् ।

यो चामलमा पोटासियम, प्रोटिन, फाईबर, भिटामिन बी, आईरन र एन्टीअसिक्डेन्टको मात्रा बढी हुन्छ । त्यसैले यो स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ । नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क०ले समेत कालानमक धान बुद्धकालीन मानिने हुँदा शुद्धोदन कालानमक उन्नत जातको धानको बिउ विकास गरेको छ ।

बुद्धजयन्तीको तयारी तिव्र
२५६७ औं बुद्धजयन्ती एंव लुम्बिनी दिवस भव्यताका साथ मनाउन तयारी शुरु गरिएको छ । लुम्बिनी विकास कोषले वैशाख २२ गते बुद्ध जयन्ती तथा लुम्बिनी दिवसलाई सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेर तयारी गरिएको हो । विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय ९अवधेश कुमार त्रिपाठी० को संयोजकत्वमा ५६७ सदस्यीय बुद्धजयन्ती व्यवस्थापन समिति गठन गरिएको छ ।

कोषाध्यक्ष सिद्धिचरण भट्टराईको संयोजकत्वमा प्रचारप्रसार उपसमिति, सदस्य सचिव सानुराजा शाक्यको संयोजकत्वमा सुरक्षा र स्वयमसेवक उपसमिति गठन गरिएको छ । त्यस्तै योजना प्रमुख सरोज भट्टराईको संयोजकत्वमा मञ्च, सरसफाइ व्यवस्थापन उपसमिति गठन गरिएको छ । बुद्धजयन्तीलाई बिशेष उत्सवका रुपमा मनाउनका लागि लुम्बिनी साँस्कृतिक नगरपालिका, कपिलबस्तु नगरपालिका, मायादेवी र शुद्धोधन गाउँपालिकालाई दीपावली गर्न आग्रह समेत गरिएको छ ।

२२ गते विहान पूजा र ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्धजयन्ती समारोहलाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको सदस्य सचिव सानुराजा शाक्यले बताए । यस्तै पुरस्कार तथा सम्मान व्यवस्थापन उपसमिति, पूजा परित्राण उपसमिति, बिहार गुम्बा समन्वय उपसमिति, देबदह, रामग्राम, कपिलवस्तु समन्वय उपसमिति, सुरक्षा, छात्रबृत्ति, खेलकूद, यातायात, भोजन तथा प्रसाद, शोभा यात्रा व्यवस्थापन उपसमिति गठन गरिएको छ ।

कार्यक्रममा सस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री सुदन किराँती सहित सांसदहरुको उपस्थिती रहनेछ । नेपाल स्थित विभिन्न देशका राजदुतलाई पनि कार्यक्रममा निमन्त्रणा गरिएको छ । तयारी स्वरुप पत्रकार सम्मेलन, सुरक्षा समितिको बैठक समेत गरिएको छ ।

गौतम बुद्धको जन्म भएको, बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिनलाई त्रिसंयोग दिवसका रुपमा समेत मनाउने गरिन्छ । इसापूर्व ६२३ वैशाख शुक्ल पूर्णिमाका दिन रुपन्देहीको लुम्बिनीमा बुद्धको जन्म भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।