May 16, 2021, Sunday
२ जेष्ठ २०७८, आईतवार

पूर्वसन्ध्यामा हामी…

960


भनिन्छ, हजारौं माइलको यात्रा पहिलो पाइलाबाट सुुरु हुन्छ । हामी यस्तै यात्राका लागि पहिलो पाइला चाल्ने तयारीमा छौं । अर्थात् www.globalaawaj.com को यात्राका लागि तयारीमा छौं । नेपालमा प्रजातन्त्रपछि तिव्र विकास र सर्वशुलभ भएका सेवा–सुविधाहरुमा सम्भवतः सञ्चार अग्रपंत्तिमा आउँछ । अर्थात् सञ्चार क्षेत्रको विकास, उपलब्धता र पहुुँच बढ्दो छ । सञ्चार र सम्पर्कको माध्यम हुलाकदेखि रेडियो, पत्रिका, टेलिभिजन हुँदै डिजिटल पत्रिकासम्म आएको छ । प्रविधिको विकास र इन्टरनेटको सहजताका कारण नेपालमा पनि डिजिटल पत्रिका अर्थात् अनलाइन पत्रिकाका पाठकवृन्दहरुको संख्या दिनानुदिन बढ्दो छ ।


छिटो–छरितो र सहज ढङ्गबाट आफ्नै हातमा रहेको मोबाइल तथा आफ्नै साथमा भएको कम्प्यूटरबाट विभिन्न अनलाइन पोर्टलहरुमा समाचार तथा जानकारी हेर्न, सुुन्न र पढ्न पाइने हुुँदा यो माध्यम विस्तारै लोकप्रिय बन्दै आएको छ । यसै आवश्यकता र लोकप्रियतालाई महसुस गर्दै विगत लामो समयदेखि सञ्चार क्षेत्रमै रहेर काम गर्दै आएका हामीले ग्लोबल पब्लिसिटी कम्पनी प्रा.लि. मार्फत डिजिटल पत्रिका ‘ग्लोबल आवाज डट् कम’ सञ्चालनमा ल्याएका छौ ।


यसै महिनाको सुरुवातदेखि अनौपचारिक रुपमा सञ्चालित यस अनलाइन हाल परिक्षण प्रकाशनमा÷सञ्चालनमा रहेको छ । साइट निर्माण, मर्मत तथा अपडेटको क्रममा रहेको हुनाले हामी हाल परिक्षणमै रहेको जानकारी गराउँदछौं । परिक्षण सञ्चालनका केही दिनमैपनि हामीले सयौं पाठकवृन्द तथा दर्शकको सहभागिता पाएका छौं । हाम्रा केही सामग्री हामीले सोँचेभन्दा धेरैले हेर्नु भएको छ, पढ्नुु भएको छ र शेयरपनि गर्नु भएको छ ।


हजारौं अनलाइनहरुको माझमा हाम्रो उपस्थिति आफैमा चुनौती हो । अर्कोतर्फ सञ्चार जगतमा बढ्दो प्रतिष्पर्धासँगै टिकाउमा निकै चुुनौती रहेको छ । अनलाइनको विश्वशनियता स्थापना गर्नु र कायम गर्नु निरन्तरको चुनौती छ । यि लगाएत अन्य कैंयौं समस्यालाई नजिकबाट नियालेका हामीले प्रतक्ष्य रुपमा सञ्चार क्षेत्रमा सहभागी जनाउन, वर्तमान आवश्यकता र भविष्यका लागि सञ्चार क्षेत्रले निभाउनुु पर्ने भूमिका निर्वाह गर्न उपस्थित भएका हौ ।


हामी सुुरुवातमा छौं । अरुभन्दा फरक छौं, शिघ्र छौं, जस्ता दाबी गर्न सक्देनौं । तर, अनलाइन पत्रिकाको पद्धति, आचारसंहिता र जनपक्षिएतामा रहेर सञ्चार माध्यमले खेल्नुपर्ने भूमिका अवश्य निभाउने प्रण गर्दछौं । जुनसुकै सञ्चार माध्यम सबैका साझा हुुन्छन् । तर, केही आ–आफ्नै उद्देश्य र प्राथमिकताका क्षेत्रहरु रहन्छन् । हामी आर्थिक विषयलाई विशेष प्राथमिकताका साथ प्रस्तुुत गर्नेछौं । राणा, राजा, पञ्चायत, बहुदलसँगै संघीय गणतन्त्रमा ‘ समृद्ध नेपाल, सुखी नेपाली भन्ने सरकारको नारालाई हामीले पनि आधार बनाएका छौं ।

अबको निकास मुलुुकको विकास हो । विकासका लागि नेपाली जनताको आय स्तरमा वृद्धि हुन आवश्यक छ । राष्ट्रिय स्वाभिमानका लागि स्वदेशमै रोजगार, आर्थिक सबलता, औधोगिक विकास, आर्थिक अनुशासनसँगै अर्थ क्षेत्रका कमीकमजोरी जस्ता विषयमा हामी निरन्तर केन्द्रित रहने छौं । त्यसैगरी व्यापारी, व्यवसायी, उद्योगीका योगदान, सफलता र उदाहरणलाई हामी प्रोत्साहन स्वरुप प्रस्तुुत गर्नेछौं ।


यति भनिरहँदा समृद्धिका आधारःशिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, खेलकुद, मनारेञ्जन लगाएत समसामयिक, राजनीतिक ,समाज, सामाजिक विषयलाई पनि हामी आत्मासाथ गर्नेछौ ।
हामी यतिबेला हाम्रो यात्राको पूर्वसन्ध्यामा छौं । यसका लागि तपाइँहरुको साथ, सहयोग, शुुभैच्छा र सुुझाव हाम्रालागि पथप्रर्दशक हुनसक्छन् ।

तसर्थ परिक्षणको यस अवधीमा तपाइँबाट पाएको सहभागिता र सक्रियताले हामीलाई थप उर्जा थपेको महसुस गर्दै यसकालागि हार्दिक आभार प्रकट गर्दछौं । र, चाँडै नै औपचारिक रुपमा सञ्चालन तथा सार्वजनिक हुने प्रतिबद्धता गर्दछौं ।

पछिल्लो अपडेट