ताजा अपडेट »

दुर्घटनामा परी चीनमा ११ को मृत्यु, नौ घाइते

आइतबार, २७ माघ २०७५, १५ : ४६
6 Shares

माघ २७,

हेफेइ, चीन,। चीनको पूर्वी प्रान्तमा भएका दुई छुट्टा छुट्टै दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ । चीनको अन्हुइ प्रान्तमा भएका दुई सवारी दुर्घटनामा परी अरु ११ जना घाइते भएका स्थानीय अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । आइतबार बिहान अन्हुइमा भएको एउटा दुर्घटनामा पाँच जनाको मृत्यु भएको थियो भने अरु चार जना घाइते भएका हुन् । 

स्थानीय समयअनुसार विहान ५.१२ मा दुर्घटना भएको थियो । सो दुर्घटनामा परी चार जनाको घटनास्थलमै र अर्का एक जनाको अस्पतालमा मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । घाइते अरु चार जनाको अवस्था स्थीर रहेको जनाइएको छ । अर्को दुर्घटना स्थानीय समय अनुसार ८.११ बजे विहान लुजिङको हेफेइमा भएको हो । 

यस दुर्घटनामा पनि छ जनाको मृत्यु भएको र पाँच जना घाइते भएका स्थानीय प्रहरीले जानकारी दिएका छन् । (रासस/सिन्ह्वा) 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।