१५ आश्विन २०८०, सोमबार

Oct 2, 2023

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आफ्नो सरकार अल्पमतमा नपरेको दाबी गरे । सोमबार दाङको तुलसीपुरमा सञ्चारकर्मीसँग संक्षिप्तमा कुरा गर्दै उनले आफ्नो सरकार अल्पमत परेको भन्ने कुरामा प्रदेश सभामा परीक्षण हुन बाँकी रहेको पनि बताए । उनले भने, ‘अल्पमतमा परेको भन्ने कुराको परीक्षण प्रदेश सभामा हुन्छ । त्यो अहिले बाँकी रहेको छ । सबै वाइयात कुराहरू हुन् ।

Advertisement

अल्पमत भन्ने कुरा प्रमाणित भएको छैन् । प्रमाणित भइसकेपछि हामीहरू एक मिनेट पनि सत्तामा रहँदैनौं ।’ यस्तै उनले विश्वासको मत नपाएको खण्डमा मुख्यमन्त्री भइरहने सवाल नभएको पनि बताए ।

उनले विश्वासको मत लिने समय अझै रहेको भन्दै त्यो समयभित्र लिने पनि प्रस्ट पारे । यस्तै उनले आफूहरूको दाबी अब संविधानको धारा १६८ को ३ अनुसार जानु पर्छ, भन्ने दाबी रहेको पनि बताए । उनले भने, ‘प्रदेश प्रमुख कसरी जानुहुन्छ, भन्ने कुरा हो । तर, हाम्रो दाबी धारा १६८ को ३ अनुसार जानु पर्छ, भन्ने हो । अहिले १६८ को २ मा बनेको यो सरकार हो ।’

अहिलेको सरकार असफल भएर अविश्वासको अवस्थामा पुगेको अवस्थामा धारा ३ अनुसार प्रदेश सभाबाट म्यान्डेट पाउनु पर्ने आफूहरूलाई लागेको पनि उनले बताए । यस्तै उनले प्रदेशको ठुलो पार्टी को छ, भन्ने कुरामा भन्दा पनि धारा १६८ को ३ अनुसार जानु पर्ने आफ्नो धारणा रहेको समेत उल्लेख गरे ।

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको साबिक ३ मा पहिलो पटक महोत्सव तिलोत्तमाको बेबराचोक–कान्छीबजारसम्मको सडक निर्माण दोस्रो प्याकेजको ठेक्का सूचना प्रकाशन गर्न सहमति मोतीपुर औद्योगिक क्षेत्रको प्रगतिबारे बुटवलमा छलफल डिजिटल पेन्टसद्वारा चाडपर्ब लक्षित ‘डिजिटलको हर्ष उपहारको वर्षा’ योजना मनसुन लम्बियो: धान नकाटौं, काटेको भए भित्र्याइहालौं संघीयता कार्यान्वयनमा देखिएको समस्या कानुन बनेपछि अन्त्य हुन्छ : मन्त्री गुरुङ सभामुख घिमिरेलाई औषधि व्यवसायी संघको ज्ञापन नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार गरेको आरोपमा सचिव मरासिनीसहित ७ जनाविरुद्ध मुद्दा दायर नवलपरासीमा यात्रुको पैसा चोरेर जंगलतिर भागेका एक भारतीय सशस्त्रको नियन्त्रणमा लुम्बिनीमा लम्पी स्किनबाट १ लाख ९२ हजार पशु संक्रमित, ९ हजार ६११ मरे बलात्कार आराेपमा एकजना पक्राउ नवलपरासीको बर्दघाटमा चलचित्र “काँडेतार” को प्रर्दशन गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति रास्वपाले गरायो राष्ट्रपतिको ध्यानाकर्षण बुटवलका वडाका कर्मचारीलाई राजस्व व्यवस्थापन सम्बन्धी तालिम पृथक पहिचान बनाउँदै गुल्मीका समन्वय प्रमुख काठमाडौंको गौशालामा गोली चल्यो, एक जना घाइते लगातार छैटौँ दिन पनि घट्यो सुनको भाउ बेपत्ता भएको १८ महिना पछि जंगलमा झुन्डिएको अवस्थामा शव भेटियो एसियाड क्रिकेटको क्वाटरफाइनलमा नेपालकाे प्रतिस्पर्धा भारतसँग वेस्टर्न युनियनको सडक यात्रा : बुटवल आइपुग्यो कलाकारको टोली