पुस २५,
काठमाण्डौ । केही दिनदेखि पश्चिमी वायुको प्रभावले मौसम बदली भएर देशभर कतै पानी र कतै हिउँ परे पनि आजदेखि मौसम सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा लागेको कुहिरो बिस्तारै हट्दै जाने जानेछ ।
कुहिरो हटे पनि देशको मध्य र पूर्वका आकाशमा भने आंशिकरुपमा बादल लाग्ने सम्भावना रहेको छ । बिहान काठमाण्डौ उपत्यकाको तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ । चिसोका बेला शरीरलाई न्यानो बनाइ राख्न तथा तातो झोलिलो खानेकुरा धेरै खान डाक्टरको सुझाव छ ।
प्रतिक्रिया