१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

बुटवल। बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न आइतबार बुटवलभित्रका शैक्षिक संस्थाका अगुवाहरुसँग छलफल गरेको छ । छलफल कार्यक्रमका बोल्दै सहभागीहरुले सामुदायिक र संस्थागत विद्यालयले उत्पादन गर्ने जनशक्ति विदेश जानबाट रोक्नका लागि तीन तहकै सरकारले योजना ल्याउनुपर्ने सुझाव दिएका छन् ।

Advertisement

उनीहरुले देशमा उत्पादन भएको जनशक्ति खपत गर्नका लागि पर्याप्त क्षेत्र नभएकाले दक्ष जनशक्तिसमेत विदेश पलायन हुने अवस्था रहेकाले आगामी नीति कार्यक्रममार्फत् उत्पादित जनशक्ति स्वदेशमै रोजगार र स्वरोजगार हुनसक्ने गरी नीति ल्याउन सुझाव दिएका हुन् । सामुदायिक विद्यालयका अध्यक्ष तथा प्रधानाध्यापकहरुले बुटवल शिक्षाको क्षेत्रमा अग्रणी रहेको भन्दै उत्पादित जनशक्तिलाई खपत गर्ने नीति ल्याउनुपर्ने बताए । उनीहरुले बुटवलभित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक स्तर सुधार गर्दै देशमै उदाहरणीय नगरका रुपमा स्थापित गर्न साथ दिने बताए ।

संस्थागत विद्यालयका अगुवाहरुले सरकारी नीतिका कारण मर्कामा परेको र केही राजनीतिक दलनिकट विद्यार्थी संगठनहरुको धम्की र चन्दाआतंकका कारण निरुत्साहित भएको भन्दै सुरक्षाको प्रत्याभूति दिलाउन उपमहानगरसँग माग गरे । उनीहरुले विद्यालयहरुले स्तरीय शिक्षा प्रदान गर्न लाखौं करोडौं लगानी गरेपनि लगानी सुरक्षित हुने र अभिभावकले जिम्मेवारीबोध गर्ने वातावरण बिग्रदै गएको भन्दै सरकारी नीतिमा सुधार ल्याउनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई शैक्षिक क्षेत्रमा अग्रणी नगर बनाउनका लागि शिक्षा क्षेत्रमा थप सुधार ल्याउन सार्वजनिक र संस्थागत विद्यालयले अझै मेहनत गर्नुपर्ने बताउनुभयो ।

बुटवललाई शैक्षिक हबका रुपमा चिनिएपनि बजारले माग गरेअनुसार सीप र प्राविधिक क्षेत्रमा कमजोर रहेकाले आगामी दिनमा सुधार गर्दै जानका लागि प्राविधिक शिक्षामा जोड दिन उहाँले आग्रह गरे । उनले सामुदायिक र संस्थागत विद्यालयहरुले किताबी ज्ञानका साथसाथै अनुशासनमा जोड दिनुपर्ने र कुलतमा फस्नबाट जोगाउने गरी नैतिक शिक्षा दिनुपर्नेमा जोड दिए । बुटवल उपमहानगरपालिकाले बुटवललाई देशकै अगुवा शहर बनाउनका लागि योजना निर्माण गर्दै सेवाप्रवाहलगायतका विषयमा विज्ञहरुको रायसुझाव लिने अभियानको थालनी गरेको हो ।
गत सोमबारदेखि आगामी चैत ८ गते बुधबारसम्म नियमित रुपमा सञ्चालन हुने क्षेत्रगत सुझाव संकलन तथा समन्वयसम्बन्धि कार्यक्रममा बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताए ।
चैत ६ गते टोलविकास संस्थाका अध्यक्षहरुसँग छलफल गर्ने कार्यक्रम रहेको सामाजिक विकास महाशाखा प्रमुख तथा सूचना अधिकारी तुलसा अर्यालले बताए ।

यस्तै, चैत ७ गते खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष, लायन्स, लियो, लायनेस, जेसिजलगायतका गैरसरकारी संस्थाहरुसँग र ८ गते सरकारी तथा निजी क्याम्पसका अध्यक्ष र क्याम्पस प्रमुखहरुसँग छलफल गर्ने कार्यक्रम रहेको नगरप्रवक्ता शिव रानाले जानकारी दिए ।
सार्वजनिक सरोकार राख्ने संघसंस्था तथा सरोकारवालाहरुसँग छलफल गरेपछि जनताका समस्या बुझ्ने गरी जनस्तरसम्म पुग्ने र सुझाव लिने कार्यक्रम रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

कुनै विचार बोकेकालाई ‘वाइपास’ गरेर नेपाल पत्रकार महासंघ चल्दैन भैरहवामा मेयर कप चैत २२ गतेदेखि चलचित्र बिकास बोर्डका अध्यक्ष केसीको गुनासो : काम गर्न अधिकार नै छैन खसीबोका चोरी गर्ने र किन्ने तीनजना पक्राउ न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै