ताजा अपडेट »

पत्रकार पोखरेललाई मातृशोक, महासंघद्वारा शोक वक्तब्य

बुधबार, २३ पुस २०७६, १५ : २६
16 Shares

पुस २३,

ग्लोबल आवाज

बुटवल । पत्रकार श्यामलाल पोखरेललाई मातृशोक परेको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीका सदस्य तथा पार्षद पोखरेलका ६५ बर्षिय माता पद्म कुमारी पोखरेलको तिलोत्तमा शंकरनगरमा बुधबार बिहान निधन भएको हो । लामो समयदेखि क्यान्सर रोगबाट ग्रसित माताको निधनप्रति नेपाल पत्रकार महासंघ रुपन्देहीले शोक वक्तब्य जारी गर्दै दुःख व्यक्त गरेको छ ।

महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसिले एक वक्तव्य जारी गरि पत्रकार पोखरेललाई परेको मातृ शोकप्रति दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरिएको छ । झिमरुक ३ बेओरे स्थायी निवासि स्व. पोखरेलको प्यूठानमै अन्तिम दाहसंस्कार गरिने परिवारजनले बताएका छन् ।

महासंघले पत्रकार पाखरेल निवास तिलोत्तमा शंकरनगरमा मौन धारणा गर्दै समवेदना समेत दिएको थियो । प्रगतिशील पत्रकार संघ नेपल रुपन्देहीका अध्यक्ष समेत रहेका पत्रकार पोखरेल माताको निधनप्रति विभिन्न संघसंस्थाले समेत वक्तब्य जारी गर्दै दुःख व्यक्त गरेका छन ।

विज्ञप्ती :

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।