May 15, 2021, Saturday
१ जेष्ठ २०७८, शनिबार

रोटरीद्वारा विद्यार्थीलाई पोशाक

381

बुटवल । देवदह नगरपालिका वडा नं ३ स्थित फूलवारी आधारभूत विद्यालय वसन्तपुरका विद्यार्थीहरुलाई विद्यालय पोशाक प्रदान गरिएको छ । रोटरी क्लब अफ बुटवल तथा विद्यालयको संयोजनमा १ सय २५ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको हो । रोटरी क्लव अफ बुटवलले विगत ८ वर्ष देखी रोटरी सामुदायिक सेवा केन्द्र मार्फत विद्यालयलाई भौतिक तथा आर्थिक सहयोग गर्दे आएको क्लवका अध्यक्ष नारायण प्रसाद पन्थले जानकारी दिए । उनका अनुसार केही दिन अघि करिव १ लाख रुपैया भन्दा वढि मुल्यको झोला, कपि, शैक्षिक सामाग्री, खेलकुदका सामागी गरिएको थियो ।

यसै गरी रोटरी क्लवको १ लाख १३ हजार र स्थानीयको सहभागितामा पक्की शौचालय निर्माण भएको छ । दुई कोठे पक्की वालमैत्री शौचालयले विद्याथीहरुलाई सहजता ल्याउने छ । जोन १९का एजी कृष्ण प्रसाद अर्यालले आईतवार आयोजित एक कार्यक्रमको विच उद्घाटन गरे । उनले सरसफाई नहुदा विभिन्न रोगले आक्रमण गर्न सक्ने हुदा सरसफाईमा ध्यान दिन आग्रह गरे । सो अवसरमा विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको थियो ।

कार्यक्रममा देवदह नगरपालिका वडा ३का वडाध्यक्ष वैकुण्ठ वहादुर कुंवरले रोटरीले विद्यालयमा पुराएको योगदानको चर्चा गर्दे सहकार्य गरी सामाजिक कार्यमा लाग्ने प्रतिवद्धता जनाए । कार्यक्रममा रोटरी क्वल अफ बुटवलका अध्यक्ष नारायण प्रसाद पन्थ, सचिव दयानिधी भण्डारी, सर्भिस प्रोजेक्ट चेयर वोनिन पिया, रोटरीयन तु वहादुर सारु रोटरी सामुदायिक सेवा केन्द्रका अध्यक्ष चुरामणी भारती लगायतले स्थानियको आवश्यकतामा आधारित योजना बनाएर काम गर्ने बताए ।

पछिल्लो अपडेट