ताजा अपडेट »

निजि शोरुम उद्घाटन गर्न मुख्यमन्त्री सरकारी हेलिकप्टर चढेर ...

मंगलबार, २९ माघ २०७५, १६ : १९
8 Shares


माघ २९,

ओखलढुङ्गा । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई निजी कम्पनीको शोरूम उद्घाटन गर्न हेलिकप्टर चढेर ओखलढुंगा पुगेका छन् ।

पुगेका छन् ।

रुम्जाटारस्थित यामाहा कम्पनीको शोरूम उद्घाटनका लागि मुख्यमन्त्री राई आइतबार समिट एयरको हेलिकप्टर चढेर ओखलढुंगा पुगेका हुन् । प्रदेश सांसद अमिरबाबु गुरुङको लगानी रहेको रुम्जाटार अटो मोबाइल्सको शोरूम उद्घाटन गर्न उनी सांसदहरूसहित रुम्जाटार गएका हुन् ।

ओखलढुंगा प्रहरीका अनुसार राई शोरूम उद्घाटन गर्न दिउँसो झन्डै १ बजे हेलिकप्टर लिएर पुगेका थिए । राईले सुरूमा शोरूम उद्घाटन गरे । त्यसपछि रुम्जाटारमा बन्दै गरेको बौद्ध गुम्बा अवलोकन गरी अपराह्न ४ बजे काठमाण्डु फर्केका थिए ।

मुख्मन्त्री राई काठमाण्डुबाट सांसद गुरुङ र यामाहा कम्पनीका एक प्रतिनिधिकासाथ सुरूमा सोलुखुम्बु पुगेका थिए । सोलुखुम्बुमा पहिलोपल्ट हेलिकप्टर ल्याण्ड भएको थियो ।

हेलिकप्टर दोस्रोपटक रुम्जाटार विमानस्थलमा ल्याण्ड भएको थियो भने पहिलोपल्ट सोलुखुम्बुको पतालेमा ल्याण्ड भएको थियो । झन्डै १० करोड लगानीमा खोलिएको शोरूमको सञ्चालक पृष्ठभूमिमा राजन घले, बालकृष्ण गुरुङ र ध्रुब गुरुङ छन् ।

शोरूमका लागि सांसद गुरुङले १० रोपनी जग्गा उपलब्ध गराएका छन् । सांसद गुरुङले शोरूम उद्घाटनका लागि हेलिकप्टर चार्टर गर्दाको भाडा यामाहा कम्पनीले व्यहोरेको बताए । उनले शोरूममा आफ्नो लगानी नरहेको तर जग्गा चाहिँ उपलब्ध गराएको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।