ताजा अपडेट »

नेपाल स्टारको बुटवल अडिशनमा उत्साहजनक सहभागिता

आइतबार, २० पुस २०७६, ०९ : ५१
2 Shares

पुस २०,

ग्लोवल आवाज
बुटवल । नेपाल टेलिभिजनको प्रस्तुती र कि एडभरटाजिङ्गको व्यवस्थापनमा सञ्चालित गायन प्रतियोगिता ‘वाइवाइ नेपाल स्टार’ को पहिलो अडिशन बुटवलमा सम्पन्न भएको छ । हामी नेपाली, हाम्रो आवाज’ भन्ने नारासहित सातै प्रदेशमा हुने अडिशन अन्तर्गत शनिबार बुटवलमा पहिलो अडिशन सम्पन्न भएको हो ।

बुटवल स्थित कालिका मानवज्ञान माविको प्राङ्गणमा सम्पन्न भएको पहिलो अडिशनमा गायन प्रतिभाहरूको उत्साहजनक सहभागिता रहेको बताउँदै पहिलो अडिशन सफल भएको कि एडभरटाइजिङका प्रबन्ध निर्देशक रविन्द्र कुमार रिजाल (शशी) ले बताए । १६ देखि ४५ वर्ष उमेर समूहका जो कोहीले सहभागिता जनाउन पाउने उक्त प्रतियोगितामा विशेषगरी युवा–युवतीहरूको सहभागिता रहेको थियो ।

देशैभरीबाट गायन प्रतिभाहरूको पहिचान गरि उत्कृष्ट प्रतिभा उत्पादन गर्ने लक्ष्य सहित आयोजना गरिएको प्रतियोगिता कुनै बिदेशी फ्रेन्चाइज नभई नितान्त नेपालकै आफ्नो मौलिक ब्राण्ड भएको बताउँदै प्रतियोगिताबाट देशले उत्कृष्ट गायक प्राप्त गर्ने निर्णायक गायक रामकृष्ण ढकालले बताए । प्रतियोगिताको आगामी अडिशन क्रमशः धनगढी, सुर्खेत, पोखरा, चितवन, वर्दिवास र इटहरीमा हुने कि एडभरटाइजिङका बजार व्यवस्थापक दिनेश पोखरेलले बताए ।

प्रतियोगितामा गायक ढकाल लगाएत संगितकार आलोकश्री र गायिका अञ्जु पन्त निर्णायकको भूमिकामा रहेका छन् । नगद ५० लाख सहित विभिन्न अवस र तथा गिफ्ट ह्याम्पर पुरस्कार रहेको प्रतियोगिताको विजेताले उपाधि सहित नगद ३० लाख प्राप्त गर्नेछन भने अन्य ३ जनाले नगद ७–७ लाख प्राप्त गर्नेछन् । अडिशन प्रतियोगिताको सन्जोक बस्याल र निशा पाठकले सञ्चालन गरेका थिए ।

https://www.globalaawaj.com/archives/22679
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।