११ चैत्र २०७९, शनिबार

Mar 25, 2023

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संघीयताको मर्म अनुसार काम गर्ने बताए । शनिबार लुम्बिनी प्रदेश सभाको छैटौँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले भने , ‘प्रदेश सरकारले संघीयताको मर्म अनुसार काम गर्छ । नागरिकलाई संघीयताको व्यवहारिक अनुभूति गराउन तर्फ प्रदेश सरकार लागि पर्ने छ । संघीयताको गलत व्याख्या र प्रचार भइरहेको भन्दै उनले संघीयताको विकल्प खोज्नु परिवर्तन विरोधी कार्य भएको बताए ।

Advertisement

‘संघीयतालाई कमजोर बनाउने खालका टिप्पणी भइरहेका छन् । संघीयताले सिर्जना गरेका अवसरलाई नबुझेर संघीयता माथि प्रहार गर्ने र गलत प्रचार गर्ने क्रम बढेको छ’, उनले भने , ‘संघीयता विरोधी गतिविधि सिर्जना गर्नु मुलुकको हित विपरीतको कार्य हो । यसतर्फ सबै सचेत हुनुपर्दछ ।’ संघीयताले जनतालाई अधिकार सम्पन्न बनाएको भन्दै उनले गाउँगाउँसम्म र घरघरसम्म विकास र समृद्धि पुर्‍याएको बताए ।

‘संविधानले तीन तहका सरकारको व्यवस्था गरेको छ । तीनवटै सरकारले जनतालाई अधिकार सम्पन्न बनाउने काम गरेका छन्’, उनले भने , ‘संघीयताले केही गरेन भन्नेहरुले बुझ्नुपर्ने मुख्य सवाल भनेकै जनताका घरघरसम्म संघीयताले सुविधा पुर्‍याएको छ । जनतालाई अधिकार सम्पन्न बनाएको छ ।’

लुम्बिनी प्रदेशलाई मिनी नेपालका रुपमा विकास गर्न प्रदेश सरकार लागिपरेको भन्दै उनले आगामी पाँच वर्षभित्र प्रदेश बासीलाई समृद्ध राजधानी हस्तान्तरण गर्ने बताए । लुम्बिनीलाई समृद्ध बनाउने धेरै सम्भावना भएको बताउँदै उनले भने , ‘हामीसँग धेरै सम्भावनाहरू छन् । चुनौति पनि त्यत्तिकै छन् । चुनौतीका बीचबाट सम्भावनाको खोजी गर्दै सरकार अगाडि बढ्नेछ र समृद्ध प्रदेश निर्माण गर्नेछ ।’ समृद्ध लुम्बिनीको दायित्व प्रदेश सभा र प्रदेश सरकारको काँधमा रहेको भन्दै उनले आपसी सहयोग र समझदारीमा जन आकांक्षा पुरा गर्नतर्फ लाग्नुपर्ने बताए ।

पूर्वाधार र कानुनको अभावमा कार्य सञ्चालन थालेको प्रदेश सरकारले पाँच वर्षमा ७२ वटा कानुन निर्माण गरेको बताए । ‘बितेका पाँच वर्ष संविधान कार्यान्वयनका लागि उपयुक्त रहे । भौतिक पूर्वाधार र कानुनको अभावमा प्रदेश सभाले ७२ वटा कानुन निर्माण गरेको छ । ८४ वटा विधेयक बनेका छन्’, उनले भने , ‘आगामी दिनमा पनि यो गतिलाई निरन्तर रूपमा अगाडि बढाउनु पर्दछ ।’

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी