१२ चैत्र २०७९, आईतवार

Mar 26, 2023

बुटवल । रुपन्देहीको देवदह माविले ३९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले शिक्षा नै समाज विकासको पहिलो आधार भएकाले नगरपालिकाले शिक्षा क्षेत्रको समग्र विकासलाई उच्च प्राथमिकतामा राखेको बताए ।

Advertisement

उनले विद्यालय व्यवस्थापन समितिले अघि सारेका योजना र कार्यक्रम कार्यान्वयनमा नगरपालिकाले यथासम्भव सहयोग गर्ने प्रतिवद्धता जनाए । नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङले अझै पनि छोरा र छोरीलाई दिइने शिक्षामा विभेद रहेकाले त्यसलाई हटाउंदै जानुपर्ने बताइन् ।
विद्यालय विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष सुरज खरेललले केही बर्षमै विद्यालयको शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार गर्ने बताए ।

विद्यालयको स्वामित्वमा रहेको ११ बिघा जग्गाको गुरुयोजना बनाएर भविष्यमा नगरपालिकाकै नमुना विद्यालय बनाउने गरी आफूले मेहनत गरेको अधयक्ष खरेलले बताए । विद्यार्थीलाई दिवा खाजाका लागि दिइने १५ रुपैयाँ ज्यादै कम भएकोले बढाउन, टिनको छानामा फल्ससिलिङ  राख्न, शान्ति सुरक्षाको लागि सिसिटिभी क्यामेरा जडान गर्नमा नगरपालिकाले सहयोग गर्नुपर्ने अध्यक्ष खरेलले माग गरे ।

कार्यक्रममा  नेपाली सेनाको मध्य पृतना हेडक्वार्टरका पृतनपति यम ढकाल, नगरपालिकाका प्र्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल,नगर शिक्षा अधिकारी टिकाराम शर्मा,देवदह आदर्श क्याम्पसका प्रमुख मित्रलाल शर्मा,एमाले जिल्ला सदस्य प्रकाश अर्याल,विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष उमाकान्त अधिकारी, पुर्व प्रधानाध्यापक लिलाधर पाण्डे, शिक्षिका इन्दिरा अर्याल,शिक्षक हरि पाण्डे, टिका अधिकारी लगायतले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर राम्रो बनाउन सबैको साथ र सहयोग आवश्यक पर्ने बताए । सो अवसरमा उत्कृष्ट शिक्षक शिव पौडेल र दुर्गा पन्थी तथा कर्मचारी रामु गैरेलाई सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी