११ चैत्र २०७९, शनिबार

Mar 25, 2023

बुटवल। रुपन्देहीको देवदह माध्यमिक विद्यालयको ३९ औं वार्षिकोत्सबको अवसरमा आयोजित अन्तर विद्यालय दौड प्रतियोगिता सम्पन्न भएको छ। ४२०० मिटर दौड प्रतियोगितामा देवदहका ९ विद्यालयका १८ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

Advertisement

निर्धारित दुरी १५ मिनेटमा पूरा गर्दै देवदह माविका सन्तु थापा पहिलो भएका छन् । त्यस्तै १५ मिनट ९ सेकेन्डमा दुरी पार गरेका भविष्य निर्माणका निर्मल केवट दोश्रो स्थान हासिल गरे भने १५ मिनट २२ सेकेन्डमा पूरा गर्दै देवदह मावि कै सागर वि.क तेश्रो भएका छन्।

कार्यक्रमको उद्घाटन गर्दै विद्यालयका व्यवस्थापन समिति अध्यक्ष सुरज खरेलले स्वस्थ जीवनको लागि खेलकुद महत्वपूर्ण रहेको बताए । उनले शिक्षासँगै खेलकुद पनि उत्तिकै महत्वपूर्ण रहेकाे बताउँदै सहभागी विद्यार्थीलाई भविष्यमा आफ्नो विद्यालय, नगर हुँदै राष्ट्रको नाम राख्ने खेलाडी बन्ने शुभकामना दिए ।

बालबालिकाको सर्वाङ्गिण विकासका लागि घोकन्ते विद्यालाई मात्र अगाडि नबढाई मानसिक, बौद्धिक र शारीरिक विकासमा पनि ध्यान दिनुपर्ने कार्यक्रम संयोजक खुम प्रसाद भण्डारीले बताए । प्रतियोगिताले विद्यालय र विद्यार्थी बीच आपसी सम्बन्ध बढाउनुको साथै भाईचाराको विकास गरी प्रतिस्पर्धी नभई सहयोगी सँस्थाको रुपमा शिक्षालाई अगाडि बढाउने भावना जागृत गराउने उनले बताए ।

विजयी प्रतियोगी प्रथम, दोश्रो र तेश्रो हुनेले क्रमशः ७ हजार, ५ हजार, ३ हजार नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी