११ चैत्र २०७९, शनिबार

Mar 25, 2023


भैरहवा । लामो समय पछि लुम्बिनीका व्यवसायीहरु उत्साहित भएका छन् । लुम्बिनी तथा यस आसपासका ९० प्रतिशत होटलहरु बुक भई सकेका छन् । यति धेरै होटल बुक भएको यो नै पहिलो पटक रहेको होटल व्यवसायीहरुको भनाई छ ।

Advertisement

लुम्बिनीमा भारतका प्रख्यात आध्यात्मिक गुरु मोरारी बापुबाट माघ २१ गतेदेखि २९ गतेसम्म लुम्बिनीको अन्तराष्ट्रिय ध्यान केन्द्रको सभाहलमा हुने ‘श्री रामकथा प्रवचन’ को लागि लुम्बिनीका होटलहरु पहिले देखि नै बुक भई सकेका छन् । करिब १ सय ७० देशबाट मोरारी बापुका हजारौ अनुयायीहरु लुम्बिनी आउदै छन् । यसले यस क्षेत्रको होटल ब्यवसाय संगै स्थानिय ब्यपार पनि फस्टाउने लुम्बिनी होटल ब्यसायी संघका अध्यक्ष गोविन्द ज्ञवालीको भनाई छ । “बापूको आगमनले हामीमा उत्साह थपेको छ, अहिले नै ९० प्रतिशत होटल बुक भईसकेका छन् ।” ज्ञवालीले भने “यसले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा थप सहयोग गर्नेछ ।”

लुम्बिनीमा रहेका करिब १ सय २५ वटा होटलहरु मध्ये १ सय बढी होटल बुक भई सकेको ज्ञवालीले जानकारी दिए । यो क्रम अझै पनि चलिरहेकोले होटल बुक हुने प्रतिशत अझै बढ्न सक्ने उनले बताए । उनले लुम्बिनीका होटल मात्र नभई बापूको आगमनले यस क्षेत्रका अन्य व्यपारीको पनि उत्साह बढेको बताए । करिब ९ दिन सम्म चल्ने प्रवचनमा दैनिक १० हजार जनालाई ३ समय निःशुल्क प्रसाद आयोजकले खुवाउने जानकारी दिएका छन् । प्रसादमा प्रयोग हुने सामाग्री यसै क्षेत्रका ब्यवसायीले उपलब्ध गराउने भएकोले यहाको आर्थिक क्षेत्र गतिमान हुने ज्ञवालीको भनाई छ ।

“हामीले हाम्रो ब्यवसाय प्रवद्र्धन गर्न तथा लुम्बिनीको प्रचार प्रचारको लागि दौडधुप गरिरहेका थियौ ।” अध्यक्ष ज्ञवालीले भने “बापूको आगमनको कारण लाखौँ पर्यटक माझ हाम्रो प्रचार प्रसार हुने भयो, कार्यक्रम सफल बनाउन हाम्रो पूर्ण सहयोग रहनेछ ।”
आध्यात्मिक गुरु मोरारी बापुको लुम्बिनीमा ९१२ औं राम कथा आयोजना हुन लागेको हो । ‘साँचो प्रेम र करुणा’ को सन्देश लिएर विश्व यात्रामा रहेका उनले सबै धर्मका प्रमुख तीर्थ स्थलहरू एवम् प्रमुख स्थानहरूमा प्रवचन गर्दै आएका छन् । अभियान अन्तरगत भारतको बोधगया, सारनाथ तथा कुशीनगरमा रामकथा प्रवचन सम्पन्न भइसकेको छ । नेपालमा पनि पछिल्लो डेढ वर्षमा तेस्रो पटक लुम्बिनीमा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो । यसअघि सन २०२१ मा मुक्तिनाथ तथा २०२२ मा जनकपुरधाममा प्रवचन गरिएको थियो । यसैगरी

काठमाण्डौं र भुसुण्डी सरोवर (तिलिचो ताल) मा समेत राम कथा बाचन भइसकेको छ । लुम्बिनीमा हुने प्रवचनमा भक्तजनका लागि निःशुल्क भोजन गराउनुका साथै कार्यक्रमका अवसरमा विश्व शान्तिको कामना गर्दै ९१२ वटा विरुवा लगाउने कार्यक्रम भएको संयोजक राजेश कुमार अग्रवालले जानकारी दिए । गुरु मोरारी बापु यही माघ २० गते भारतबाट चार्टर्ड विमान मार्फत सिधै गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थल, भैरहवा अवतरण गर्ने कार्यक्रम रहेको कथा आयोजक कृष्णकुमार जालानले जानकारी दिए । त्यस लगत्तै भगवान बुद्धको जन्मस्थलको दर्शन गरी बुद्ध लुम्बिनी गार्डेन होटलमा तयार गरीएको आफ्नो आवासमा पुग्ने कार्यक्रम रहेको छ ।

यस अघि सन २०१९ मा लुम्बिनीमा तय गरिएको प्रवचन कार्यक्रम कोरोना महामारीका कारण स्थगित भएको थियो । कार्यक्रमको चर्तित भारतीय धार्मिक टेलिभिजन च्यानल आस्थाबाट १७० बढी देशमा प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको आयोजक प्रतिनिधि बिकास केडियाले जानकारी दिए । कथा कार्यक्रममा रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायत सीमावर्ती भारतीय शहर तथा गाँउहरुबाट समेत कथा श्रवणका लागि सर्वसाधारणहरुलाई निमन्त्रणा गरिएको छ । कार्यक्रममा आधा बढी पहिलो पटक लुम्बिनीमा प्रवचन सुन्नका लागि आउने आयोजकको दाबी छ । यो कार्यक्रमले लुम्बिनीलाई विश्वसामु परिचित गराउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी