११ चैत्र २०७९, शनिबार

Mar 25, 2023

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सात सदस्यले मंगलबार पोखरामा जारी बोर्ड बैठकमा संघको कार्यसम्पादन समितिका सदस्यहरूको राजीनामा माग गरेका छन् ।

Advertisement

मंगलबार पोखरामा सुरु भएको कार्यसमितिको बैठकको सुरुमै ७ जनाको तर्फबाट केन्द्रीय सदस्य ऋषिराम गौतमले अध्यक्ष चतुरबहादुर चन्दलाई राजीनामा माग गरिएको लिखित पत्र बुझाएका हुन् । 

‘पदाधिकारीको गल्तीको भागीदार नेपाल क्रिकेट संघ हुन सक्दैन। त्यसैले हामी नेपाल क्रिकेट संघलाई होइन कार्यसम्पादन रहेका पाँच जनालाई निलम्बन गरी कारबाहीको माग गर्छौं। स्पट फिक्सिङ जस्तो गम्भीर अपराध हुँन दिनको लागि बाटो खोल्दिने कार्यसम्पादन समितिका सदस्यलाई पनि कारबाही हुनु पर्छ,’ उनीहरुको भनाइ छ, ‘यस्तै नेपाल टी-२० लिगको गभर्निङ काउन्सिलका संयोजक प्रशान्त मल्ल, सदस्यहरु दुर्गाराज पाठक, भानुभक्त सिग्देल, अशोक मल्होत्रा र सेभेन थ्रीका जतिन पनि दोषी भएको हाम्रो ठम्याइ छ। त्यसैले गभर्निङ काउन्सिल पनि कारबाहीको दायारामा आउनु पर्छ।’

उनीहरूले क्यानका अध्यक्ष चन्दको अध्यक्षतामा बोर्ड बैठक बस्न नसक्ने भन्दै बहिस्कार गरेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी