ताजा अपडेट »

बैतडी र दार्चुलामा शनिबारदेखि अवरुद्ध फोन र इन्टरनेट सेवा सुचारु

आइतबार, १५ माघ २०७९, १७ : ३९
8 Shares


बैतडी । बैतडीमा एन्टिफाइबर लाइन विस्तार गरिएको तारमाथिबाट रुख ढलाएपछि शनिबारदेखि अवरुद्ध भएको टेलिफोन र इन्टरनेट सेवा सुचारु भएको छ । 

सेवा सुचारु गर्न कैलालीबाट प्राविधिक बैतडी पुगेका थिए । प्राविधिक टोलीले समस्या पत्ता लगाइ मर्मत गरेपछि आइतबार दिउँसो सञ्चार सेवा सुचारु भएको नेपाल टेलिकम कार्यालय बैतडीका प्रमुख बिक्रम राम टमाटाले बताए । उनले स्थानीयवासीले रुख काटेका कारण ३० मिटर लाइन नै परिवर्तन गर्नुपरेको बताए ।   

जिल्लाको पाटन नगरपालिका–६ को पोखरी नजिकै स्थानीयले सल्लाको रुख ढालेपछि फाइबर तार चुडिएका थियो । पाटनमा फाइबर तार चुडिएपछि बैतडी र दार्चुलाको फोन तथा इन्टरनेट सेवा अबरुद्ध बनेको टमाटाले जानकारी दिए ।

‘पाटनमा सल्लाको रुख ढालिदिएको रहेछ, फाइबर तार चुडिएपछि, सेवा प्रभावित बनेको हो, अत्तरियाबाट प्राविधिक टोली आएर मर्मत गरेको छ,’ टेलिकम कार्यालय बैतडीका प्रमुख टमाटाले भने । 

फोन र इन्टरनेट सेवा अवरुद्ध भएपछि सूचना आदान प्रदान गर्न समस्या भएको थियो भने सञ्चारमाध्यमहरुलाई खबर सम्प्रेशण गर्न समस्या भएको थियो । 

शनिबारदेखि अबरुद्ध फोन र इन्टरनेट सेवा आइतबार दिउँसोदेखि सुचारु भएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले बताइन् ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।