ताजा अपडेट »

ब्ल्याक लेबलसहितका विदेशी नक्कली मदिरा बनाउने ३ जना पक्राउ

आइतबार, १५ माघ २०७९, १३ : ०९
24 Shares

काठमाण्डौं । नेपाल प्रहरीले विदेशी ब्राण्डका नक्कली मदिरा बनाउने समूहलाई पक्राउ गरेको छ । प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिकामा कारखाना सञ्चालन गरेर ब्ल्याक लेबलसहितका विदेशी मदिरा बनाउने कार्यमा संलग्न ३ जनालाई पक्राउ गरेको हो । यस्तै सो कम्पनीमा नेपाली मदिराको ब्राण्ड पनि नक्कली बनाउने गरेको पाइएको प्रहरीले जनाएका छ ।

पक्राउ पर्नेमा सञ्चालक दोलखाको कालीञ्चोकका निरज पौडेल र दुई जना विक्रेता भएको प्रहरीले जनाएको छ । नक्कली मदिरा कुपण्डोल, नयाँ बसपार्कलगायतका क्षेत्रबाट विक्री हुने गरेको खुलेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।