ताजा अपडेट »

पत्रकार स्व. कंडेल परिवारलाई एक लाख १० हजार सहयोग

शनिबार, १४ माघ २०७९, २१ : १८
10 Shares

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले सवारी दुर्घटनामा परी मृत्यू भएका पत्रकार एनवि कंडेलको परिवारलाई एक लाख १० हजार रुपैयाँ प्रदान गरेको छ । सत्ता संघर्ष पुस्तकको विमर्श कार्यक्रमका अवसरमा मुख्यमन्त्री लिला गिरीको उपस्थितीमा नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोख्रेलले कंडेल पत्नी मञ्जु कंडेललाई चेक हस्तान्तरण गरेका हुन ।

महासंघ रुपन्देहीले सदस्यहरुका लागि गरेको दुर्घटना विमा मार्फत कंडेललाई उक्त रकम सहयोग गरेको हो । पत्रकार कंडेल ग्लोबल आवाज डटकमका सम्पादक थिए । बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा गत मंसिर २ गते उनी सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा उनले ज्यान गुमाएका थिए ।

यसैगरि शनिबार नै केहि समयअघि दुर्घटनामा परि घाईते भएका महासंघका सदस्य बसन्त बराललाई पनि सहयोग प्रदान गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।