११ चैत्र २०७९, शनिबार

Mar 25, 2023


भैरहवा । भन्सार हुँदै नियमित रुपमा आउने मालबस्तुमा अनिवार्य मार्जिन र आयतमै प्रतिबन्ध लगाउँदा भैरहवा भन्सार कार्यालयमा राजश्व संकलनमा असर परेको छ । 

Advertisement

जिप, कार र भ्यान लगायतका वस्तु आयातमा अनिवार्य मार्जिन राख्नुपर्ने व्यवस्था गरेसँगै राजश्व संकलनको मुख्य आधार रहेका ती बस्तुको आयात नहुँदा भन्सारको राजश्व लक्ष्यमा ठूलो गिरावट आएको हो । 

भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले अघिल्लो वर्षको तुलनामा यस वर्ष ३१ अर्ब ७३ करोड अर्थात् ४७ प्रतिशत राजश्व संकलनमा कमि आएको बताए । 

उनका अनुसार आर्थिक वर्ष २०७८÷७९को पुस मसान्तसम्म १ खर्ब ६२ अर्ब ९१ करोडमा मालवस्तु आयात हुँदा ६७ अर्ब १८ करोड राजश्व संकलन भएकोमा यो आर्थिक वर्ष २०७९÷८०मा १ खर्ब १२ अर्ब ९३ करोडका मालबस्तु आयात हुँदा ३५ अर्ब ४४ करोड राजश्व संकलन भएको छ । 
जसबाट गत वर्ष लक्ष्यभन्दा ३ प्रतिशत बढि राजश्व संकलन गरेकोमा अहिले लक्ष्यको ५२ प्रतिशतले कमि छ । 

आयात गर्दा अनिवार्य मार्जिन आयातमा प्रतिबन्ध लगाएको कारण राजश्व संकलनमा कमि आएको छ । नेपालकै दोस्रो ठूलो भन्सार नााकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयले पछिल्लो १३ महिनादेखि निरन्तर राजश्व संकलन लक्ष्य अनुरुप गर्न नसकेर घट्टोतरी तर्फ जाँदै छ । भैरहवा भन्सार कार्यालयको तथ्यांक अनुसार २०७८ मंसिरसम्म लक्ष्यअनुरुप सफलता हासिल भए पनि पुसपछि लक्ष्य प्राप्त नै नभई आयात घटदै गएको छ । 

आर्थिक वर्ष २०७९÷८०को सुरुवातसँगै लक्ष्य निरन्तर घट्दो क्रममा छ । पहिलो महिना साउनमा लक्ष्यको ७० दशमलव ९८ प्रतिशत राजश्व संकलन भएपनि भदौमा ६७, असोजमा ४१, कात्तिकमा ४०, मंसिरमा ३९ र पुषमा ४० दशमलव ५७ प्रतिशतमा सीमित रह्यो । 

यसको मुख्य कारण राजश्वमा योगदान गर्ने मुख्य बस्तु भन्सार यार्डमा नआउनु नै हो । २०७८ पुस ५ गतेदेखि नेपाल राष्ट्र बैक केन्द्रीय कार्यालय विदेशी विनिमय व्यवस्थापन विभागले ‘क’ वर्गको वाणिज्य बैक र ‘ख’ वर्गको विकास बैकलाई विभिन्न २० वटा हार्मोनिक कोडअन्तर्गतको बस्तुको एलसी खोल्दा अनिवार्य तोकिएको मार्जिन प्रतिशत लिनुपर्ने प्रावधान लागु गरेसँगै लक्ष्य पार गर्न सकस भएकोमा अहिले आएर खोलिएको र यसले लक्ष्य प्राप्तीमा सहयोग पुग्ने अपेक्षा रहेको भन्सार कार्यालय प्रमुख पौडेलले बताए । 

चालु आर्थिक वर्षमा भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई गत आर्थिक वर्ष भन्दा ३४ प्रतिशत बढि एक खर्ब ५५ अर्ब ६० करोड ३८ लाख राजश्व संकलन लक्ष्य दिएको छ । ६ महिना वितिसक्दा पनि लक्ष्यको २२ दशमलव ७८ प्रतिशत अर्थात ३५ अर्ब ४४ करोड २२ लाख १२ हजार राजश्व संकलन गर्न सकेको छ । अबको ६ महिनामा ७७ प्रतिशत राजश्व संकलन गर्न सके मात्रै लक्ष्य प्राप्तीमा भन्सार पुग्ने छ, जुन असहज छ । 
 

प्रतिकृया दिनुहोस्

Flash News

एमाले अध्यक्ष ओलीले गरे लुम्बिनी भ्रमण २२ औं तिलोत्तमा गोल्डकपको उपाधि मनाङ मस्याङदीले जित्यो कांग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा युवा र खेलाडीलाई सबैभन्दा बढी महत्व दिएको छु : प्रधानमन्त्री मुलुकको आर्थिक अवस्था आधा शताब्दी यताकै कमजोर स्थितीमा : पूर्व अर्थमन्त्री पौडेल आर्थिक मन्दीका कारण सुनसान बाँके बजार लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ तिनाउमा नि:शुल्क स्वास्थ्य शिविर (फोटोफिचर) एक आपसमा ट्रक ठोक्किदा तीनको मृत्यु कोशी प्रदेश नामाकरण विवाद चैत ५ को घटनाबारे छानविन गर्न समिति गठन गर्ने मिथिलामा वासन्ती छठ पर्व सुरु नदी किनारका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरको ७ दिने अल्टिमेटम एनआईसी एशिया बैंकको कार्ड सेवा दुई दिनसम्म बन्द हुने उत्तर कोरियाद्वारा पानीभित्र आणविक आक्रमण गर्ने ड्रोन परीक्षण फिफा बरियतामा सुधारः महिला फुटबल तीन अंक उक्लिदै सयौं स्थानमा प्रहरी महानिरिक्षक सिंहसहित एकैपटक नौं उच्च प्रहरी अधिकारीको अवकासमा स्मार्ट कृषि कार्यक्रम : अनुदानका नाममा कृषकलाई ऋणको भारी ! गुल्मीको बिश्व हिन्दु महासंघ अध्यक्षमा पुनः भुसाल भैरहवामा पहिलो पटक ईण्डो-नेपाल बक्सिङ्ग, तीन नेपाली बक्सर भिड्दै व्यवसायीको सफलताले मात्र सुखी नेपाली समृद्ध नेपाल बनाउन सहयोग पुग्छ: मुख्यमन्त्री अधिकारी