ताजा अपडेट »

काठमाडौंका एक व्यक्ति गुल्मीमा मृत फेला

विहीबार, १२ माघ २०७९, १४ : ५६
41 Shares
विहीबार, १२ माघ २०७९
41 Shares

बुटवल । गुल्मीको तम्घासमा एक व्यक्ति मृत फेला परेका छन् । फेला पर्र्नेमा काठमाडौंको टोखा नगरपालिका– २ स्थित सूर्यदर्शन घर भएका ३५ वर्षीय मधु क्षेत्री बिहीबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

क्षेत्रीलाई साथीहरूले फोन सम्पर्क गर्दा सम्पर्क हुन नसकेपछि कोठामा खोजतलास गर्दा मृत अवस्थामा फेला परेका जिल्ला प्रहरीले जनाएको छ । उनी रेसुंगा नगरपालिका– २ छापटोलास्थित विश्वास पुनको घरमा कोठा लिएर बस्दै आएका थिए । घटनास्थल मुचुल्का गरेर शव पोस्टमार्टमका लागि गुल्मी अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान जारी रहेको निमित्त प्रमुख खरेलले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।