१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

काठमाण्डौं । नेपालको पछिल्लो जनगणनाको वास्तविक तथ्यांक आगामी फागुनमा सार्वजनिक हुनेभएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार काम युद्धस्तरमा भइरहेकाले फागुन महिनाको पहिलो सातासम्म सबै प्रतिवेदन सार्वजनिक हुने बताएको छ ।

विभागले माघको अन्तिम वा फागुनको पहिलो हप्ता जनगणनाको अन्तिम विवरण सार्वजनिक गर्ने तयारी भएको जनाएको छ । अहिले प्रमाणिकरणको काम चलिरहेकाले फागुन पहिलो सातासम्म सार्वजनिक गर्ने तयारी भइरहेको छ विभागको भनाइ छ । विभागले प्रत्येक दश वर्षमा गरिने जनगणना “मेरो गणना, मेरो सहभागिता” भन्ने नाराका साथ २०७८ साल कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म जनगणना संकलन अभियान सञ्चालन गरेको थियो ।

विभागले २०७८ साल माघ १२ गते जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गरेको थियो। प्रारम्भिक विवरण सार्वजनिक भएको एक वर्ष बित्दा पनि पूर्ण विवरण सार्वजनिक हुन सकेको छैन। विभागका प्रवक्ता मनोहर घिमिरेका अनुसार गत साल माघ १२ गते सार्वजनिक भएको विवरण अनुसार नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० रहेको छ। पहिले सार्वजनिक भएको प्रारम्भिक विवरणमा घरधुरी समावेश नगरी गणकले तयार पारेको विवरणमा आधारित भएर नै नतिजा सार्वजनिक गरिएको उनले बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

सुनको मूल्य ५०० रुपैयाँले घट्यो ट्रान्सपरेन्सी रिपोर्ट : नेपालमा झन बढ्यो भ्रष्टाचार, ३४ अंकसहित ११० औं स्थानमा प्रधानमन्त्री र रवि लामिछानेबीच भेटवार्ता प्रि-ओपन सेसनमा नेप्से २.९१ अंकले बढ्यो बालापन झल्काउने गणेशको ‘चियावाला’, हजुरबुवादेखिको पेशालाई नयाँ स्वरुपमा ‘ब्राण्डिङ’ मन्नतको बालकोनीमा किन जान्छन् शाहरुख ? सहकारीको ऋण चुक्ता नगर्ने आठ ऋणीको जग्गा रोक्काका लागि मालपोतमा निवेदन वृद्धाभत्ता नदिएको भन्दै छोराले गरे बन्चरोले हानेर आमाको हत्या प्रचण्डलाई नेकपा एसको ज्ञापनपत्र- चरम आर्थिक संकट पर्‍याे (पूर्णपाठ) बैतडीका २० बर्षीय युवक चार दिनदेखि बेपत्ता प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने मर्स्याङ्दीपारीबाट वैकल्पिक सडक स्तरोन्नति गर्न पहल यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर डिएसपीसहित ८ सुरक्षाकर्मी मारिएको टिकापुर घटनाको सर्वोच्चमा आज पेसी आजको मौसमः कर्णाली र लुम्बिनीमा पानी पर्न सक्ने, हिमाली भु–भागमा हिउँ पर्ने लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको अन्तिम तयारी, तीन उम्मेदवार सार्वजनिक दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने