१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

काठमाण्डौं। प्रहरीले बोतल र जर्किनमा पेट्रोल बेच्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एक सूचना जारी गरेर काठमाडौँमा सञ्चालित पेट्रोल पम्पहरूलाई त्यस्तो चेतावनी दिएको हो ।

काठमाडौँमा सञ्चालित केही पेट्रोल पम्पहरूबाट खुल्ला रूपमा बोतल, जर्किन लगायतका भाँडोमा पेट्रोलियम पदार्थको बिक्री वितरण भएकोबारे ध्यानाकर्षण भएको काठमाडौँ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसरकाठमाडौंले जारी गरेको सूचनामा भनिएको छ–‘पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रुपामा बिक्री वितरण गरेको पाइए प्रचलित कानुन बमोजिम हदैसम्मको कारबाही हुनेछ ।’

असुरक्षित बिक्री र ओसार पसार गर्दा आगलागी हुने र भौतिक क्षति हुने हुनाले सो विषय सुरक्षा संवेदनशीलतासँग जोडिएको प्रहरीको तर्क छ । मङ्गलवार प्रधानमन्त्री प्रचण्ड संसद् भवनबाट बाहिरिँदै गर्दा इलामका प्रेम प्रसाद आचार्यले पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए । ३६ वर्षीय आचार्यले संसद् भवन अगाडी पेट्रोल छर्केर आत्मदाह प्रयास गरेपछि प्रहरीले सो सूचना जारी गरेको हो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गृहमन्त्री पदले सत्तासाझेरमा खटपट : रविको प्रस्तावमा सकारात्मक देखिएनन् प्रधानमन्त्री अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री सुनको मूल्य ५०० रुपैयाँले घट्यो ट्रान्सपरेन्सी रिपोर्ट : नेपालमा झन बढ्यो भ्रष्टाचार, ३४ अंकसहित ११० औं स्थानमा प्रधानमन्त्री र रवि लामिछानेबीच भेटवार्ता प्रि-ओपन सेसनमा नेप्से २.९१ अंकले बढ्यो बालापन झल्काउने गणेशको ‘चियावाला’, हजुरबुवादेखिको पेशालाई नयाँ स्वरुपमा ‘ब्राण्डिङ’ मन्नतको बालकोनीमा किन जान्छन् शाहरुख ? सहकारीको ऋण चुक्ता नगर्ने आठ ऋणीको जग्गा रोक्काका लागि मालपोतमा निवेदन वृद्धाभत्ता नदिएको भन्दै छोराले गरे बन्चरोले हानेर आमाको हत्या प्रचण्डलाई नेकपा एसको ज्ञापनपत्र- चरम आर्थिक संकट पर्‍याे (पूर्णपाठ) बैतडीका २० बर्षीय युवक चार दिनदेखि बेपत्ता प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने मर्स्याङ्दीपारीबाट वैकल्पिक सडक स्तरोन्नति गर्न पहल यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर डिएसपीसहित ८ सुरक्षाकर्मी मारिएको टिकापुर घटनाको सर्वोच्चमा आज पेसी आजको मौसमः कर्णाली र लुम्बिनीमा पानी पर्न सक्ने, हिमाली भु–भागमा हिउँ पर्ने लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको अन्तिम तयारी, तीन उम्मेदवार सार्वजनिक दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ