ताजा अपडेट »

निम्न चापीय प्रणालीको प्रभाव : केही ठाउँमा आंशिक बदली तथा हल्का वर्षाको सम्भावना

बुधबार, ११ माघ २०७९, ०७ : १७
31 Shares

बुटवल । देशभर पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव कायमै रहेकाले आज पनि केही भूभागमा आंशिक बदली रही हल्का वर्षा हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही भूभागमा आज मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ ।

उच्च पहाडी भूभागमा हल्का हिमपात हुने हुनाले चिसो बढ्ने विभागको भनाइ छ । भोलि बिहीबार प्रदेश १, मधेस र बागमती प्रदेशमा आंशिक बदली रहने छ । बाँकी भूभागमा मौसम सफा रहने छ । त्यस्तै, माघ १३ गते शुक्रबार पनि प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने छ । आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही भूभागमा मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।