ताजा अपडेट »

आर्थिक संकटमा चुलिएपछि पाकिस्तानले ल्यायो बजार बन्ददेखि गिजर प्रयोगको योजना

मंगलबार, १० माघ २०७९, १४ : ३७
15 Shares


इस्लामाबाद ।  आर्थिक रुपमा संकटग्रस्त पाकिस्तानले बजार र विवाह हल चाँडै बन्द गर्ने घोषणा गरेको छ । अर्थतन्त्रलाई पुनरुत्थान गर्न संघर्ष गरिरहेकोले ऊर्जा संरक्षण योजनाअन्तर्गतका उपायहरूको एक भागको रूपमा सरकारले पछिल्लो कदम चालेको हो । 

ऊर्जा बचत र आयातित तेलमा निर्भरता घटाउन राष्ट्रिय ऊर्जा संरक्षण योजना स्वीकृत गरेको जानकारी दिँदै रक्षामन्त्री ख्वाजा आसिफले बजारहरू बेलुका ८ः३० बजे र विवाह हलहरू १० बजेभित्र बन्द हुने बताए । 

थप उपायहरु घोषणा गर्दै तीब्र उज्यालो दिने बल्बहरुको निर्माण फेब्रुवरी १ देखि बन्द हुने र असक्षम फ्यानहरुको उत्पादन जुलाईदेखि बन्द हुने उनले बताए ।
सरकारले एक वर्षभित्र कोनिकल गिजरको प्रयोगलाई पनि अनिवार्य गर्ने भएको छ, जसले अर्बौ रुपैया  जोगाउने र सडक वत्तिको वैकल्पिक प्रयोग गर्नेछ ।
योजना अन्तर्गत सबै सरकारी भवन र कार्यलयले उर्जाको प्रयोग घटाउने र घरबाट काम गर्ने याजना १० दिनभित्र पूरा गरिने जनाइएको छ । 

पाकिस्तानबासीले बारम्बार विद्युत् कटौतीको समेत सामना गरेका छन् । राष्ट्रिय ग्रिडमा ठूलो समस्याका कारण सोमबार बिहानैदेखि देशव्यापी विद्युत कटौती भएको थियो । 
राष्ट्रिय ग्रिडमा प्राविधिक समस्या देखिएपछि विद्युत् कटौती भएको संघीय ऊर्जा मन्त्रालयले जनाएको थियो । विद्युत् प्रवाह अबरुद्ध हुँदा कराँची, इस्लामावाद, लाहोर र पेशावरलगायत सबै प्रमुख सहरमा विद्युत् बन्द भएको थियो। - एजेन्सी
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।