१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

काठमाडौं । सूर्य नेपाल गल्फ टूर २०२२/ २३ अन्तर्गत सिजनको  तेस्रो प्रतियोगिता सूर्य नेपाल  एनपिजिए म्याच  प्ले मंगलबारबाट रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ ।

Advertisement

पछिल्लो पूरा सिजन २०२१÷२२ को वरीयताअनुसार शीर्ष १६ गल्फरले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।शीर्ष १६ मा  रहेका चार गल्फर अनुपस्थित रहेकाले यसपटक २०औँ वरीयतासम्म रहेका गल्फरले प्रतिस्पर्धा गर्दैछन् ।

मंगलबार पहिलो चरणको खेल तथा बुधबार क्वाटरफाइनल र सेमिफाइनल हुनेछ । विहीबार अन्तिम दिन फाइनल हुनेछ ।

फाइनल ३६ होल तथा अन्य चरणमा १८ होलमा हुनेछ ।प्रतियोगिताको  पहिलो चरणमा शीर्ष  वरीयताका शुक्रबहादुर राईले २०औं वरीयताका टंकबहादुर कार्कीसँग खेल्नेछन् ।

दोस्रो वरीयताका भुवन नगरकोटीले १९ औं वरीयताका सन्जोक मोक्तान खेल्नेछन् ।

पहिलो चरणमा जयराम श्रेष्ठले कृष्णमान राजवाहक, रवि खड्काले प्रदीप कुमार लामा, सञ्जय लामाले रमेश अधिकारी, दीनेश प्रजापतिले सूर्य प्रसाद शर्मा, धनबहादुर थापाले बलभद्र राई तथा रामे मगरले भुवनकुमार रोक्काको सामना गर्नेछन् ।

भारतको व्यावसायिक गल्फ प्रतियोगिता पिजिटिआईको छनोट खेल्न भारत प्रस्थान गरेकाले चौथो वरीयताका निरज तामाङ सहभागी छैनन् । त्यस्तै राजेन्द्र थापामगर (१४), पूर्ण शर्मा (१६) र तीर्थ पौडेल (१८) पनि उपस्थित हुने छैनन् ‌।

प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 उपविजेताले ४२ हजार, तेस्रो स्थानले ३२ हजार तथा चौथो स्थान हासिल गर्नेले २४ हजार प्राप्त गर्नेछन् ।

 क्वाटरफाइनल बाहिरिनेले ११ हजार र पहिलो चरणमै निस्कने गल्फरले ६ हजार पाउनेछन् ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रि-ओपन सेसनमा नेप्से २.९१ अंकले बढ्यो बालापन झल्काउने गणेशको ‘चियावाला’, हजुरबुवादेखिको पेशलाई नयाँ स्वरुपमा ‘ब्राण्डिङ’ मन्नतको बालकोनीमा किन जान्छन् शाहरुख ? सहकारीको ऋण चुक्ता नगर्ने आठ ऋणीको जग्गा रोक्काका लागि मालपोतमा निवेदन वृद्धाभत्ता नदिएको भन्दै छोराले गरे बन्चरोले हानेर आमाको हत्या प्रचण्डलाई नेकपा एसको ज्ञापनपत्र- चरम आर्थिक संकट पर्‍याे (पूर्णपाठ) बैतडीका २० बर्षीय युवक चार दिनदेखि बेपत्ता प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने मर्स्याङ्दीपारीबाट वैकल्पिक सडक स्तरोन्नति गर्न पहल यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर डिएसपीसहित ८ सुरक्षाकर्मी मारिएको टिकापुर घटनाको सर्वोच्चमा आज पेसी आजको मौसमः कर्णाली र लुम्बिनीमा पानी पर्न सक्ने, हिमाली भु–भागमा हिउँ पर्ने लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको अन्तिम तयारी, तीन उम्मेदवार सार्वजनिक दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ अश्लील भिडियो बनाई महिलाकाे चरित्रहत्या गर्ने पक्राउ सेयर बजार ४१ अंकले घट्यो माओवादी स्थायी समिति बैठक बुधबार, गृहमन्त्रीबारे छलफल हुने कर्नाटक कन्सर्टमा कैलाश खेरमाथि आक्रमण चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ नेपाली सिनेमा फेस्ट २०२३ मा अनुमतिविना महापुरुष समावेश गरेपछि षट्कोण आर्ट्सको आपत्ति