ताजा अपडेट »

जनयुद्ध दिवसको अवसरमा फुटवल प्रतियोगिता

शनिबार, २६ माघ २०७५, १६ : ०८
6 Shares

माघ २६,
ग्लोबल आवाज
बुटवल , २३ औं जनयुद्ध दिवसको अवसरमा शहिद स्मृति खेलकुद क्लबको आयोजना तथा मदन भण्डारी स्र्पोटस एकेडेमीको सहकार्यमा बुटवलमा चौथो सहिद स्मृति कप फुटबल प्रतियोगिता हुुँदैछ । प्रतियोगिता फागुन १ गतेबाट रामनगर खेलमैदानमा हुनेछ ।प्रतियोगिताको सबै तयारी पूूरा भएको आयोजकले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी दिएका हुन् ।

कार्यक्रममा मदन भण्डारी स्र्पोटस एकेडेमी बुटवल उपमहानगरपालिकाका अध्यक्ष विकास जंग बस्नेतले युवाहरुको आर्कषणका रुपमा खेलकुदलाई जोडेर कार्यक्रमहरु आयेजना गर्दै आएको र यस कार्यक्रमलाई पनि निरन्तरता दिएको बताए ।


प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख १ हजार, मेडल, कप, प्रमाणपत्र तथा उपविजेतालाई नगद ५० हजार ५ सय सहित मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष योगेन्द्र गौतमले बताए ।प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उदटन प्रतियोगिताको संचालनका लागि ५ लाख खर्च लाग्नेछ ।


कार्यक्रममा प्रचार विभाग संयोजक विजय आचार्यले फर्साटिकर एकेडेमी, फर्सा्टिकर फुटबल क्लब, सयपत्री युवा क्लब, सुनौलो संगम युवा क्लब, संयुक्त युवा क्लब, सिद्धार्थ युवा क्लब चपरहटी, नवयुवा क्लब, माउण्ट स्टार युथ क्लब, देशभक्त युवा क्लब नवलपरासी र नवलपरासी ११ गरी १० टिमले उपाधिका लागि प्रतिस्प्रर्धा गर्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।