ताजा अपडेट »

तिलोत्तमा स्थित शान्ति नमुना माविमा विविध कार्यक्रम

सोमबार, ०९ माघ २०७९, १६ : १४
14 Shares

बुटवल । रूपन्देहीको तिलोत्तमा ५ स्थित शान्ति नमुना मावि मणिग्राममा सोमबार विविध कार्यक्रम सम्पन्न भएका छन् । ६४ औँ वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सोमबार हाजिरी जवाफ प्रतियोगिता , रक्तदान र फुड फेस्टिबल सम्पन्न भएका हुन् । कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले यसता कार्यक्रमले विद्यार्थीबिच मित्रताको भावना जगाउँदै विद्याथीमा उर्जा थप्ने काम गरेको बताए ।

नगर प्रमुख खाँडले सामुदायिक र संस्थागत विद्यालय एकै सिक्काको दुई पाटा भएको बताउँदै नगरले कहिले पनि यी दुईबिच भेदभाव नगरेको दावी गरे । उनले भौतिक विकासलाई मात्रै विकास मान्न नहुने भन्दै त्यसका लागि मानवीय विकासको जरूरी भएकोले मानवीय विकासतर्फ अग्रसर भएकोमा जोड दिए ।

यस्तै पूर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले हरेक कुरामा विद्यार्थीहरूलाई अग्रसर गराउनु विद्यालय र अविभावकको दायित्व भएको बताए ।सोमबार विद्यालयमा सम्पन्न रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक विष्णुप्रसाद अर्यालले जानकारी दिएका छन् । युवा रेडक्रस सर्कल शान्ति नमुना माविको अयोजनामा भएको सो कार्यक्रममा रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोग रहेको थियो ।

यस्तै जिल्ला स्तरिय हाजिरीजवाफ प्रतियोगितामा रामापुर मावि प्रथम , बुद्ध पब्लिक स्कुल दोश्रो , ग्रिन प्लाण्ड तेश्रो र प्यारामाउण्ट स्कुल चौथो भएको विद्यालयले जानकारी दिएको छ । प्रथम, दोश्रो, तेश्रो र चोथो हुनेले क्रमशः १०,७, ५ र ३ हजार नगद पुरस्कार सहित ट्रफी, प्रमाणपत्र प्राप्त गर्नेछन ।

त्यस्तै फुड फेस्टिबलमा कक्षा आठ , नौ , कक्षा एघार , बाह्र र डिप्लोमा होटल म्यानेजमेन्टका विद्यार्थीहरू सहभागी भएका थिए । फुड फेस्टिबलमा विद्यार्थीहरूले आवश्यक सामग्रीहरूको व्यवस्थापन आँफै गरेको कार्यक्रम संयोजक सुशिला पाण्डेले जानकारी दिइन् ।

फुड फेस्टिबलमा विद्यार्थीहरूले पास्ता , मम , फुल्की , चटपट , सेलरोटी , अचार , ढिकरी , मन्चुरियन , पकौडालगायतका परिकार बनाएका थिए ।सहभागी समुहमध्यबाट कक्षा अाठ एफ सेक्सन उत्कृष्ट भएकाे छ भने एघार , बाह्र र डिप्लोमा समुहमध्यबाट डिप्लोमा समूह उत्कृष्ट भएकाे संयाेजक सुशिला पाण्डेले जानकारी दिइन्

विद्यालयका प्रधानाध्यापक कूल प्रसाद लामिछानेको   अध्यक्षता रहेकाे कार्यक्रमकाे सञ्चालन शिक्षिका रजनी केशीले गरेकी थिइन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।