१७ माघ २०७९, मंगलवार

Jan 31, 2023

भैरहवा । सीमामा कडाईगरेसँगै भारतबाट नेपाल भित्र्याइएका  खसी सशस्त्र प्रहरीले बरामद गरेको छ । भन्सार छलेर नेपाल आयात गरिएका खसी सशस्त्र प्रहरी बल नेपाल, बि.ओ.पि. बयरघाटले नियन्त्रणमा लिई भन्सार पठाएको हो । अवैध रुपमा मासुजन्य बस्तुको आयातमा थप कडाई गर्न गृहमन्त्रालयले निर्देशन गरेसँगै सशस्त्र प्रहरी सक्रिय रुपमा ती बस्तुहरु पक्राउ गरिरहेको छ ।

Advertisement

भारतबाट भित्रिएका मासु जन्य पशुका कारण स्वदेशी व्यवसायी मर्कामा परेको भन्दै गृहमन्त्रालयले अवैध रुपमा नेपाल भित्रिने त्यस्ता बस्तुकोे आयात रोक्न सरोकारवालव निकायलाई निर्देशन गरेको थियो । भन्सार छलेर नेपाल भित्र्याउदै गरेको अवस्थामा लुम्बिनी सांस्कृतिक नगरपािलका १२ कालिदह आज्मा क्षेत्रबाट सशस्त्र प्रहरी निरिक्षक तेजराज शर्माको कमाण्डले ७ वटा खसी बरामद गरेको हो । व्यवसायिक प्रयोजनका लागि अवैध रुपमा खुला सीमा नाका हुँदै लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा करिब २ लाख रूपैयाँ बराबरको खसीबोका बरामद गरी भन्सार पठाइएको सशस्त्र प्रहरी निरिक्षक शर्माले जानकारी दिए ।

पूर्ण रुपमा तस्करी न्यूनिकरण अभियानमा लागेको सुरक्षा निकायले तस्करको सम्भावित क्षेत्रको पहिचान गरी सीमा विन्दुमै कडाई गरेकोे छ । बि.ओ.पि.को कमाण्ड सम्हालेसँगै शान्ति, सुरक्षा, चोरी निकासी नियन्त्रण गर्दै राजश्व बृद्धिमा योग्दान भइरहेको छ ।पछिल्लो ५ महिनाको अवधिमा मात्रै यो क्षेत्रबाट एक करोड बराबरको अवैध चोरी पैठारीका चिनी, कपडा, कुखुरा, माछा, मोटरपार्टस तथा हार्डवेयर, किराना लगायतका सामान नियन्त्रणमा लिई भन्सार दाखिला गरिएको सशस्त्र प्रहरी बल नेपाल, बि.ओ.पि. बयरघाटले जानकारी दिएको छ । 

सरकारले आर्थिक वर्ष २०७७/७८ देखि खसी, बोका र राँगा आयातमा रोक लगाउने निर्णय गरेको थियो । खुला सीमा नाकाबाट भारतीय खसीबोकाको आयातमा रोक लगाएसँगै ग्रामीण क्षेत्रका नाकाबाट तस्करी बढेको छ । सरकारले भारतबाट स्वास्थ्य प्रमाणपत्र नलिइ ल्याइएका पशुपंक्षी, पशु उत्पादन सामग्री तथा पशुजन्य पदार्थको क्वारेन्टाइन नगर्ने नीति कार्यान्वयन गरेपछि खसीबोका तस्करी हुन थालेको हो । राजश्व संक्लनमा पनि कमी आएको भन्दै सिमा सुरक्षा र अवैध चोरी निकासी रोकथाम तथा नियन्त्रणको जिम्मा पाएको सशस्त्र प्रहरीले सिमा विन्दुमै सक्रियता बढाएको हो । 
 

प्रतिकृया दिनुहोस्

Flash News

पालिकाबाटै सीसी क्यामेराले रोहिणीको निगरानी गृहमन्त्री पदले सत्तासाझेरमा खटपट : रविको प्रस्तावमा सकारात्मक देखिएनन् प्रधानमन्त्री अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकको सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री सुनको मूल्य ५०० रुपैयाँले घट्यो ट्रान्सपरेन्सी रिपोर्ट : नेपालमा झन बढ्यो भ्रष्टाचार, ३४ अंकसहित ११० औं स्थानमा प्रधानमन्त्री र रवि लामिछानेबीच भेटवार्ता प्रि-ओपन सेसनमा नेप्से २.९१ अंकले बढ्यो बालापन झल्काउने गणेशको ‘चियावाला’, हजुरबुवादेखिको पेशालाई नयाँ स्वरुपमा ‘ब्राण्डिङ’ मन्नतको बालकोनीमा किन जान्छन् शाहरुख ? सहकारीको ऋण चुक्ता नगर्ने आठ ऋणीको जग्गा रोक्काका लागि मालपोतमा निवेदन वृद्धाभत्ता नदिएको भन्दै छोराले गरे बन्चरोले हानेर आमाको हत्या प्रचण्डलाई नेकपा एसको ज्ञापनपत्र- चरम आर्थिक संकट पर्‍याे (पूर्णपाठ) बैतडीका २० बर्षीय युवक चार दिनदेखि बेपत्ता प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने मर्स्याङ्दीपारीबाट वैकल्पिक सडक स्तरोन्नति गर्न पहल यस्ताे छ विदेशी मुद्राकाे विनिमय दर डिएसपीसहित ८ सुरक्षाकर्मी मारिएको टिकापुर घटनाको सर्वोच्चमा आज पेसी आजको मौसमः कर्णाली र लुम्बिनीमा पानी पर्न सक्ने, हिमाली भु–भागमा हिउँ पर्ने लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको अन्तिम तयारी, तीन उम्मेदवार सार्वजनिक दाङमा कारागारमा रहेकी महिलामाथि करणी आरोपमा एक पक्राउ