ताजा अपडेट »

सडक खाना महोत्सव : सिद्धार्थमा तस्विर खिच्नेको घुइँचो

मंगलबार, १५ पुस २०७६, १९ : १७
8 Shares


पुुस १५,
ग्लोबल अवाज
बुटवल । सोमबारदेखि बुटवलमा सुरु भएको दोस्रो सडक खाना महोत्सब जारी छ । महोत्सवमा बुटवलका एकसय बढी होटल,रेष्टुरेण्ट तथा केही होटल म्यानेजमेण्ट अध्यापन गर्ने संस्थाहरुको सहभागिता रहेको छ । सोमबार साँझ प्रदेश ५ का मुुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेको महोत्सवमा दर्शक तथा खानाका पारखीको उपस्थिति बढ्दो छ । सो महोत्सवमा पुग्नेले प्राय सबै स्टलमा नजर लगाउँछन् । मन परेको ठाउँमा खान्छन् पनि ।

तर,अधिकांशको नजर भने सिद्धार्थ कटेजले राखेको आकर्षक स्टलमा पर्छ । नजर परेपछि सो स्थानमा प्रायले तस्विर लिने गरेका छन् । ‘ हस्पिटलिटी फरम द हर्ट ’ भन्ने नारा सहित देशभर शाखा रहेको सिद्धार्थको बुटवल शाखाले स्टलमा राखेका आकर्षक डिजाइन कटेजका एक्ज्यूकेटिभ चेफ केशव अर्याल, सहायक सुजन मगर लगाएतले तयार गरेका हुन् ।

स्टलमा सजावटका रुपमा फर्सी,तरबुजा,मेवा,गाँजर ,काँक्रो लगाएतका तरकारी तथा फलफूलबाट बनेका सामग्री रहेका छन् । स्टलमा वनमान्छे,साधारण मानिस,कमलको फूल लगाएत विभिन्न आकर्षक फूल बनाइएको छ । महोत्सवको अवसरमा कटेजले कृस्पि ललिपप,चिकन झोल मःमः,पनिर साझानी रोल लगाएत कटेजका स्वादिला आफ्नै परिकारहरु पस्किएको कटेजका एक्ज्यूकेटिभ सेफ केशव अर्यालले बताए ।

महोत्सवमा आकर्षण र कटेजमा भएका दक्ष जनशक्तिको प्रतिभा प्रदर्शन गर्नका लागि स्टल सजाइएको शाखाका ब्यवस्थापक पुरुषोत्तम आचार्यले बताए । ‘कटेजको आफ्नै प्रवेशद्वारमा रहेको स्टल नं.८१ मा धेरैको घुइँचो लागेको हुँदा हामीलाई हाम्रो कटेजका सेफहरु दक्ष र हामी सफल सफभएको महसुस गरेका छौं । हामीले अंग्रेजी नयाँ वर्ष –सन् २०२० लाई पनि लक्षित गरि विशेष रुपमा सजाएका छौं ’

कटेजले महोत्सवको अवसरमा मात्र नभई विभिन्न विशेष अवसरहरुमा विशेष सजावट सहित विभिन्न कार्यक्रमहरु गर्दै आएको कटेजका क्षेत्रिय प्रबन्धक महेन्द्र न्यौपानेले बताए । उनले भने ‘विभिन्न परिकार,प्रतिभा,कला, सजावटका कारण सिद्धार्थ विशेष रहँदै आएको छ । हाम्रो स्टलमा सर्वसाधारणदेखि महोत्सवका आयोजक होटल तथा रेष्टुरेण्ट व्यवसायी सघका अध्यक्ष लगाएत पदाधिकारीहरु पनि आएर तस्विर लिनु भएको छ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।